×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केटो ‘हरिप’ छ…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

केटो ‘हरिप’ छ…!

Artha Sarokar

१५ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम


  • सबिता सापकोटा 

जब कोहि आएर घरको ढोका ढकढक गर्थाे , मेरो मनमा शंकाका पिडालुहरु पाक्न थाल्थ्यो । सायद उमेर पुगेका अविवाहित सबैलाई यस्तै हुन्छ होला । ‘ब्याचलर’ सकेर जागिरको खोजीमा थिएँ । धेरै ठाउँमा ‘एप्लाई’ गर्दापनि भनेजस्तो जागिर भेटिएको थिएन । सबै ठाउँमा खोज्ने अनुभवको कमी थियो । पढेरमात्र पनि केहि नहुँदो रहेछ भन्ने लाग्दै थियो । ब्याचलर सकेपछि त आफ्नो कमाई , मस्तीको जीवन हुन्छ होला भन्ने सोचाई नपुरै हुन्छ कि भन्ने चिन्ता लाग्थ्यो । भने र सोचेजस्तो नभएर पो मानिसहरु जीवनदेखि निरास हुदाँ रहेछन् । बरु स्कुले जीवननै ठिक । पढिदिए मात्र पुग्थ्यो । तर ठूलो हुदै गएपछि पढेर मात्र नपुग्ने रहेछ । समाज, परिवार , साथिभाई सबैको नजरमा फुल बनेर सुगन्ध दिलाउनुपर्ने । आफ्नो भविष्यको गन्तव्य कल्पेर त्यसको बाटो तय गर्नुपर्ने । 
अन्य महिनाभन्दा पनि मंसिरको आगमनपछि घरमा बिहेको कुरा बढिनै चल्थ्यो । एसपालीपनि मंसिर लाग्दैगर्दा एकजना काकाले केटाको कुरा लिएर आए । आफ्ना आमाबाबा भन्दापनि आफन्तीलाई धेरै चासो पर्छ यो बिहेको सन्दर्भमा । के हो यसपाली पनि छोरीको बिहे नगर्ने हो क्या हो भन्दै घरमा आउँछन् । पोहोर साल त्यस्तो गतिलो केटा आउँदा गरिदिएनौ भन्नेको पनि कमि हुदैन । केटो गतिलो भए अन्त केटि पाईहाल्छ नि के एउटैमा झुरि पर्नुपर्याे भन्दिन्छु म प्याच्च । उत्ताउलीको उपनाम दिन्छन् । कोहि केटिहरु एसएलसी दिने बित्तिकै बिहे गरे, कोहि ब्याचलर पढ्दै गर्दा त कोहि ब्याचलर सकेर गर्ने सोचमा छन् र आजकल कत्तिको त मास्टर्स नै गर्ने सोच छ । कहिले बिहे गर्दा ठिक हुन्छ भनेर सोध्दा सबैको फरक फरक उत्तर आउँछ । 
दिदि भन्छिन् छिटै बिहे नगर घर खान गाह्रो हुन्छ । पढाई सकेर मात्र बिहे गर । बिहेपछि पढ्ने भन्ने कुरा त्यस्तै हो । बिहे गरेका धेरैजसो साथीसङगी पनि त्यस्तै भन्छन् । के उनीहरुले भनेजस्तै बिहेपछि पढ्न  र जागिर खान असहज छ ?आफ्नी आमासँग बिदा मागेर हिड्नजस्तो सजिलो छैन रे सासूसँग बिदा माग्न । एउटी साथीले जिस्काएर भन्दै थिई कि त सासू नभएको घरमा बिहे गर्नुपर्याे । 
मनमा दुविधा हुन्छ । त्यहिपनि एकपटक हेर्दैमा के जान्छ र ? किन काकाले हाम्रो घरमा केटा देखाउने । म आफैं उसैकोमा हेर्न जाउँ भन्ने लाग्यो । केटा हेर्न आउँदा पुरै अतिथ्य संस्कार गरेजस्तै केटाकोमा दिईने सत्कार ग्रहण गर्न किन पछि पर्ने । मैले त हजुरहरुलाई के दुःख दिनु भनेर केटीलाई नै घरमा लिएर आए भन्दै काका र म केटाकोमा पुग्यौ । आखिर केटा केटि हेर्ने हुन जहाँ हेरे नि भैगो नि । हेड्मास्टर रहेछन् केटाका बाउ , घर गृहणी रहिछिन् आमा । कता गए त बाबु भनेर काकाले सोध्दा कौसिमा घाम तापिरा होला भन्दै बोलाउँदै थिए हेड्मास्टर । भर्याङबाट तल झर्दा वान्स लुक्स दिईहाले , आमाले गिलासमा पानी लिएर आईन । हेड्मास्टरले सामान्य ईन्टरभ्यु लिए । धेरै कुरा काकाले पहिले नै बताईसकेका रहेछन् । 
लभ सभ त छैन नि नानीको । भाको भा त्यहीसँग बिहे गर्थे नि किन केटा हेर्न आउँथे र भनेर भन्न मन थियो फेरी बोलिन् ।  छैनको ईसारामा मुन्टो हल्लाईदिए । अहिलेको जमानामा यो प्रश्न सोध्नु स्वभावीक हो । केटो हेर्दा हरिप नै लाग्यो । हेरेर मात्र कहाँ केटोलाई जज गर्न मिल्छ र कुराकनी गर्ने चाजोपाजो भयो । एउटा कोठामा दुवैजनालाई पठाईयो । पहिले घरमा आउने सबै केटा हेर्ने म चिया लिएर जान्थे तर केटाको घरमा जाँदा उसले चिया लिएर आएन । जाडो याममा तातो चियाको चुस्की मार्दै गफ गर्न कम्ता मज्जा आउथ्यो । बिचरी म चियाको आशामा पानी पिएर बसे । 
एकछिनको मौनता पछि आफ्नो परिचय दिए र सोधे उसको परिचय । सामान्य कुराकानी भए । केहि पढाईको अनि केहि आफ्नो आफ्नो रुचिको । उ फिल्म हेर्ने मन पराउने , म पुस्तक पढ्न । म कहिल्यै गित नसुन्ने उ गित गुनगुनाउने ।  कुन फ्याकलटी, प्रश्न मलाई थियो ? शिक्षा र मानविकी । मुख थोरै खुम्चियो । संका लाग्यो पक्कै पनि विज्ञान पढेको होला । मेरो संकाले २ मा २ जोड्दा ४ भएजस्तै ठ्याक्क मेल खायो । 
भर्खर इन्जिनियरिङ सकाएर उ पनि जागिरको खोजीमै  रहेछ । एउटा कुरा चाहि मेल खायो । सायद धेरै नेपालीहरुको जीवनमा मेल खाने विषय बेरोजगारी नै हो । कम बोल्ने भावुक स्वभावको थियो उ । धेरै बोल्ने चटपटेको स्वभावकी म । उसको अगाडी बस्दा मौन मुर्तिलाई पुजिरहे जस्तो लाग्यो । जीवन लामो छ, समय धेरै काट्नु छ । जतिसुकै मोर्डन सम्झिए पनि पश्चीमी संकृतीमा जस्तै  डिभोर्स गरेर अर्को रोज्ने चलन नेपाली संस्कृतीमा छैन । जे गरेपनि दोष केटिकै हुन्छ । घर खान नसकेर केटो छोडी भनेर विज्ञापन गरिन्छ । जे गरेपनि सजिलो छैन । उफ जीन्दगी । सायद धेरै पर पुगेछु कल्पनामा । 
जनाउ घण्टि लागेझै काकाले बाहिरदेखि बोलाउनुभयो । हामी दुवै कोठाबाट निस्कीयौ ।  काका र म भोली निर्णय दिउँला भनेर घरतर्फ लाग्यौ । आमाले खाना खान बोलाएपछि म निन्द्राबाट ब्यूझिए र झसङग भए । राती नबेरसम्म बसेकोले म त बिहानभर भुसुक्क निदाएछु । सायद फेसबुकमा देखिने बिहेको रमझम र मसिंरको आगमनले सपना पनि त्यहीसँग सम्बन्धीत देखेको हुनुपर्छ । आमालाई सुनाए । दुवैजना मिलेर गललल हास्यौँ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी