
- अर्थसरोकार सम्वाददाता
काठमाडौं – संविधान संसोधन प्रस्ताव अनुमोदन गर्नका लागि शुक्रबार मन्त्रिपरिषदको बैठक बस्दैछ। दिउँसो तीन बजे सिंहदरबारमा बस्ने बैठकमा संविधान संसोधन प्रस्तावलाई अन्तिम रुप दिने विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भए शुक्रबार नभए शनिबारसम्म संविधान संसोधन विधयेक संसदमा दर्ता गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। संसोधनका विषयवस्तुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गरिरहेका छन्।
बालुवाटारमा हुने छलफलमा आन्दोलनरत मधेशी मोर्चा आवद्ध संघीय गठबन्धनको माग सम्बोधनका लागि कसरी संविधान संसोधन प्रस्ताव लैजाने भन्ने विषयमा समान धारणा बनाइने बताइएको छ। त्यसपछि प्रधानमन्त्रीले आफ्नै पार्टीको केन्द्रीय समितिमा छलफल गरी मन्त्रीपरिषद बैठकमा प्रस्ताव लैजाने उनको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले संसोधन प्रस्तावको तयारीबारे बिहीबार बेलुकी उपप्रधानमन्त्री विमलेन्द्र निधि, मुख्य सचिव सोमलाल सुवेदी, कानुन सचिव टेकनाथ ढुंगानालगायतसँग छलफल गरेका थिए। गठबन्धन आवद्ध मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आफूहरुले प्रधानमन्त्रीलाई संसोधन प्रस्ताव ल्याउन सहमति दिएको बताए।
‘प्रस्ताव आइसकेपछि राजनीतिक कोर्ष अघि बढ्छु, उनले भने, ुविषयवस्तु चित्त नबुझेमा फेरि छलफल र विधयेकमाथि नै संसोधन हालेर पनि जान सकिन्छ।ु कांग्रेस र माओवादी भित्रै पनि संसोधन प्रस्तावका विषयमा एकमत नदेखिएको भन्दै उनले प्रस्ताव दर्ता भइसकेपछि सहमति गर्न सजिलो हुने बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्