
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – जनकपुरधाम सञ्चारउद्यमी अरुण सिंघानियाको हत्या आरोप लागेका जनकपुरका निलम्बित सांसद संजय साहको बयान जिल्ला अदालत धनुषामा सुरु भएको छ। पाँच जनाको ज्यान जाने गरि जनकपुरको रामानन्द चोकमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका संजय साहको सिंघानिया हत्या काण्डमा बुधबारदेखि बयान सुरु भयो।
साहको बयान जिल्ला अदालतका ५ नम्बर ईजलासका न्यायाधिस डा। राजेन्द्र प्रसाद आचार्यसमक्ष भईरहेको श्रेष्तेदार नन्दकिशोर यादवले जानकारी दिए। आफुलाई फसाईएको भन्दैु साहले अदालत समक्ष पोलिग्राफ लगायत अत्याधुनिक प्राविधिको माध्यमले बयान लिनुपर्ने मांग गर्दै आएका छन्। यसअघि जिल्ला अदालतले चैत महिनामा बयानका लागि साहलाई बोलाएको थियो।
तर उनले बयानका लागि तयार नरहेको लिखित आवेदन दिएपछि यसअघि हुनसकेको थिएन। बयान पुरा भएपछि शुक्रबार थुनछेक बहस हुने सम्भावना रहेको श्रेष्तेदार यादवले जानकारी दिए। अहिले सिरहा कारागारमा रहेका साहको थुनछेक बहसपछि बम बिस्फोटको घटनामा बकपत्र हुने यादवको भनाई छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्