×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजार स्वार्थी बन्दै…! [सन्तोष राज बजगाईंको विश्लेषण]

  • सन्तोष राज बजगाईं 
३ बर्ष अघिको जस्तो कुरा हो म पहिलो पटक सेयर बजारमा प्रवेश गरे । २० वर्षको केटो खल्तिमा १६ हजार रुपैया ,सेयर बजारमा प्रवेश गरे । मेगा बैंकको सेयर किने साहेद २०० को लेभलमा किने । भौतिक शास्त्रको विधार्थी , लाभांश भनेको के था थिएन , हकप्रद सेयर चाहिँ थाहा थियो । एक दुईवटा फेसबुक ग्रुपमा छिरे ।
सन्जय श्रेष्ठको “nepse discussion forum” र रोहन शर्माको “share bazar social political and economic environment ” ती फोरम वास्तवमा भन्दा निकौ फलदाई थिए । त्यहाँ विचारमा बहस हुन्थ्यो , नयाँ लगानीकर्ताले ती बहस बाट धेरै शिक्षा पाउथे । नजानेको कुरा सिकिन्थ्यो , प्रत्येक दिन नयाँ नयाँ कुरा जानिन्थ्यो । भुकम्प जादा जुन प्रकारले अग्रज सरहरु बाट लगानीकर्तालाई मनोबल प्रदान गरियो त्यो आजको दिनमा सोच्दा अँखा बाट आँसु नै झरेर आउँछ । 
भुईचालो गएर पुरै देश अस्तव्यस्त थियो ,बजार घटनु निश्चिति थियो तै पनि बजार अब उत्तानो पर्छ भन्ने अभिवेक्ती कतै बाट पनि आएन । सबैले कमाउ कोहि नफसुन भन्ने भावना थियो । अहिलेका ठुला ठुला सस्थागत लगानी गर्ने कम्पनीका प्रमुख , ब्रोकर , सेयर बिज्ञ , पत्रकार ,सम्पादक सबैले आ-आफ्ना विचार प्रस्तुत गरि साना र नयाँ लगानीकर्ताको आत्मबल बनेका थिए ।
मैले पनि त्यो समयमा धेरैलाई दाजु भाइ बनाए , आजकाल त्यस्तो किसिमको पारिवारिक वातावरण पाउन असम्भव जस्तै छ । समय अघि बढी रह्यो सेयर बजार निकै स्वार्थि बन्दै गयो । बजारमा “any how kamau”भन्ने सिद्धान्तले राज गर्दै गयो ,जसका लागि आफ्नै साथी भाईलाई फसाउने काम पनि भए । आफू सङ्ग भएका सेयर मात्र राम्रा भनी फेसबुकका बाल रङ्गिन्छ्न । 
फेक फेसबुकले राज गर्न थाल्यो ,त्यही भएर होला आज बिस्तारै ती अग्रज दाजु हरु फेसबुकमा लेख्न अलि हिच्किचाई रहनु भएको अवस्था छ । आजकाल फेसबुक हेर्दा दिक्क लाग्छ , आधारमा बहस हुन्न, एउटा बजार वृद्धिमा उफ्रिनछ र अर्को फेसबुकबाट बजार उत्तानो हुन लाग्यो भनी खबर लेख्छ । यसो सोच्दै छु , darwin दाजु गलत पो रहेछन , हामी दिन प्रतिदिन विकास होइन विनासतर्फ उन्मुख छौ । 
तरकारी खुर्सानीको फोटो हाल्दैमा बजार वृद्धि हुने हामी सोच्दै छौ । अर्को तितो सत्य तपाईंहरु माझ पोख्न चाहन्छु , एक जना मित्रले एउटा सेयर तालिम दिने सस्थाको प्रमुखलाई मेसेज गर्नु भएछ , प्रती सेयर आम्दानिको बारेमा सोधेछन , उत्तर आयो ” कृपया हाम्रो सेयर तालिम कोर्स लिनुहोस ” र मोबाईल नम्बर पनि दिएछ्न ।
यो घटना सुन्दा मलाई सारै खिन्न लाग्यो । उहिले मैले बिना पैसा सेयर बजार बुझ्ने मौका पाए तर अहिले मेरो मित्रले एउटा सामान्य प्रती सेयर आम्दानीको बारेमा सोधपुछ गर्दा १० हजार बेसिको तालिम लिनु पर्ने ? त्यस्तै पहिले थोरै प्राविधिक विस्लेसक थिए । ऊनीहरु निस्वार्थ थिए ।आफ्नो अनुभव निस्वार्थ पोख्थे । अहिले support ,resistance र एक दुई candle को pattern थाहा पाउने भएपछि प्राविधिक विस्लेशक बन्छ्न । आफ्ना स्वार्थाका लागि फेसबुकका वाल रङाउछ्न । 
केही समय भो हामी हरु निकै अपरिपकब बन्दै छौ । हामिले हाम्रो केटाकेटी कृयाकलापले गर्दा राम्रा राम्रा विस्लेशक , सिनियर दाजुको अनुभव हामिले गुमाई रहेका छौ । फेसुबकमा हामी जोकर भैरहेका छौ र बजारलाई सरकस बनाईरहेका छौ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: