×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छोरा र नातेदारलाई जिताउन कांग्रेस नेताहरु तरुण दलको मैदानमा, शशांक र प्रकाशमान पनि उत्रिए

PRIME CA
GLOBAL IME BANK

छोरा र नातेदारलाई जिताउन कांग्रेस नेताहरु तरुण दलको मैदानमा, शशांक र प्रकाशमान पनि उत्रिए

२९ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – तरुण दलमा आफ्ना छोरा र नातेदारलाई जिताउन नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मैदानमा खट्टिएका छन् । नेपाली कांग्रेसमा विपी कोइरालादेखि गणेशमान सिंहका छोरासम्म नेता भइसकेका छन् । त्यसैगरी अन्य नेताहरुले पनि आफ्ना छोरा र नातेदारलाई दरुण दलको नेतृत्वमा ल्याउन कम्मर कसेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला आफ्ना नातेदार सिद्धार्थ कोइरालालाई तरुण दलको नेतृत्वमा ल्याउन कम्मर कसेका छन् भने पूर्वमहामन्त्री तथा गणेशमान पुत्र प्रकाशमान सिंह छोरा प्रभासमान सिंहलाई नेतृत्वमा ल्याउन कस्सिएका छन् ।
चुनाव गराए पराजित हुने आशंका बढेपछि सर्वसम्मत नेतृत्व चयनका लागि उनीहरुले प्रयास थालेका छन् । विपी पुत्र समेत रहेका महामन्त्री कोइरालाले सिद्धार्थलाई नेतृत्वमा ल्याउन सभापति शेरबहादुर देउवासँग हात मिलाएका छन् । वलिउड क्षेत्रमा फलप भएका सिद्धार्थ चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाका भाई हुन् ।
त्यसैगरी छोरा प्रभासलाई सर्वसम्मत दरुण दलको नेता बनाउन प्रकाशमानले दौढ धुप थालेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि पोखरामै सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेता खुमबहादुर खड्का र प्रकाशशरण महत सहितको बैठक सिंहले बसालेका थिए । तर सिटौला समुह सर्वसम्मतका विपक्षमा देखिएपछि उनको प्रयास सफल हुन सकेन । सर्वसम्मतको प्रयास असफल भएपछि शशांक र प्रकाशमानले सभापति देउवासँग मिलेर आफ्ना छोरा र नातेदारलाई चुनावी मैदानमा उर्ताने तयारी गरेका छन् ।
उता वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सर्वसम्मत भए छोरा चिन्तन पौडेललाई नेतृत्वमा ल्याउने तयारी गरिरहेका छन् । तर उनका छोरा चिन्तन भने महाधिबेशन स्थलमा पुगेका छ्रैनन् ।
तरुण दलको नयाँ नेतृत्वमा सर्वसम्मतीबाट चयन गर्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिटौंलाले निरन्तर प्रयास गरिरहेका छन् । तर सहमति जुट्न सकेको छैन । तरुण दलको नयाँ नेतृत्वमा सभापति देउवाले जितजंग बस्नेत वा दिनेश भट्ट मध्ये एकलाई बनाउने तयारी गरेका छन् भने नेता कृष्ण सिटौंला समुहले उत्तम चापागाईको नाम अगाडी सारेको छ । 
तरुण दलको चौंथो महाधिवेशमा १४ जिल्लाबाट करिब १४ सय प्रतिनिधिहरु सहभागी भएका छन् ।
  • एस काठमाडौं
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: