×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महामन्त्री शशांकलाई सिध्याउने देउवाको खेल

LAXMI SUNRISE BANK

महामन्त्री शशांकलाई सिध्याउने देउवाको खेल

७ मंसिर २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्के लगतै आफ्नै पार्टी भित्रका मुख्य प्रतिस्पर्धी सिध्याउने अभियानमा जुटेका छन् । मधेसी मोर्चाका माग सम्बोधन गर्ने निहुँमा सभापति देउवाले पार्टी महामन्त्री शशांक कोइराला लगाएतका नेताहरुलाई सिध्याउने खेल सुरु गरेका हुन् ।
महामन्त्री कोइराला नलपरासीबाट निर्वाचित सांसद हुन् । उनकै गृहजिल्ला टुक्राउने र नवलपरासीदेखि बर्दियासम्मको भूःभाग जोडेर नयाँ प्रदेश बनाउने प्रस्ताव देउवाले सोमवार मुख्य दलको बैठकमा राखे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको शिर्ष दलको बैठकमा नवलपरासीदेखि बर्दियासम्को भूःभाग मिलाएर नयाँ प्रदेश बनाउने प्रस्ताव देउवाले बालुवाटारमा गरेँ ।
आफ्नो गृहक्षेत्र सुदुरपश्चिम छुन पनि नदिने तर नवलपरासीदेखि बर्दियासम्मको भूः भाग समेटेर नयाँ प्रदेश बनाउने देउवाले प्रस्ताव गरेपछि शशांक तर्सेका छन् । पार्टीभित्र छलफल नै नगरी मनमौजी तरिकाबाट नयाँ प्रस्ताव गरेको भन्दै कोइराला तर्सेका हुन् ।
कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कासँग कोइरालाको जुहारी बनाउन देउवाले यस्तो चाल चलेका छन् । दुवैलाई एउटै प्रदेशमा राखेर लडाउने र त्यसको फाइदा आफुले लिने रणनीति उनले अख्तियार गरेका छन् । पार्टीभित्र देउवाका भावी मुख्य प्रतिस्पर्धी शशांकलाई हेरिएको छ । शशांकलाई जनताबाट अलग्याउन उनले यस्तो रणनीति लिएका छन् ।
संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री दाहालले बालुवाटारमा बैठक डाकेका थिए । मधेसमा दुई प्रदेश बनाउने मधेसी मोर्चाको मागलाई सम्वोधन गर्न देउवाले यस्तो प्रस्ताव ल्याएको कांग्रेसका एक नेताले बताए । ‘उहाँको त्यो ब्यक्तिगत कुरा हो पार्टीमा कुनै छलफल भएको छैन’ ति नेताले भने ।
सुदरपश्चिमलाई छुन नमिल्ने तर नवलपरासीदेखि बर्दियासम्मको भूःभाग समेटेर नयाँ प्रदेश बनाउने उनको ब्यक्तिगत प्रस्तावमा कांग्रेसकै अधिकाँस नेताहरु सहमत छैनन् । उल्टै उनी निकटका कयौ नेताहरु तर्सिन थालेका छन् । भारतबाट फर्के लगतै उनले नयाँ प्रस्ताव गरेको आशंक कांग्रेसभित्र नै चल्न थालेको छ ।
उता कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भने देउवाको नयाँ प्रस्तावप्रति बेखवर छन् । देश दौडाहमा निस्केका पौडेल पनि नयाँ प्रस्तावका पक्षमा नरहेको संसदीय दलमा चर्चा चल्न थालेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी