×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अङ्गिकृतलाई राष्ट्रप्रमुख बनाउने पक्षमा काँग्रेस छैन, महामन्त्री कोइराला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अङ्गिकृतलाई राष्ट्रप्रमुख बनाउने पक्षमा काँग्रेस छैन, महामन्त्री कोइराला

Artha Sarokar

२३ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं -नेपाली काँग्रेसका महामन्त्री डा .शशाङ्क कोइरालाले अङ्गिकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा काँग्रेस नरहेको बताएका छन् । 
नेपाल प्रेस युनियन, कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा डा कोइरालाले अङ्गिकृत नागरिक भारतमा प्रधानमन्त्री र अमेरिकामा राष्ट्रपति बन्न नपाएको उदाहरण दिँदै सानो देश नेपालमा अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा पुर्याए राष्ट्रको हित नहुने बताए ।
अहिलेको जटिल राजनीतिक परिस्थितिमा धर्मको मुद्दा उठाएर समस्या बल्झाउनु उपयुक्त नहुने बताउँदै “राजनीतिक अवस्था सामान्य भएपछि यो विषयमा जनतालाई निर्णय गर्न दिनुपर्छ ।”उनले भने ।
पत्रकारको प्रश्नमा उनले संविधान संशोधनबिना कार्यान्वयन गर्न नसकिने उल्लेख गर्दै यसका लागि सबै दल मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख माथिको महाअभियोगको प्रसङ्गमा उनले सत्यतथ्यमा आधारित भएर मात्रै टुङ्गोमा पुग्नुपर्छ भन्ने काँग्रेसको धारणा रहेको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी