
धितोपत्र बोर्डले तयार गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएसंगै नेपालको पुंजी बजारमा स सम्भावनाको ढोका खुला भएको छ।
नियमावली संसोधन भएपछि नेपाली मुद्रामा ऋणपत्र निष्कासनको बाटो खुला भएको हो। जसले गर्दा पुंजी बजारमा खर्बौं रुपैयाँ थप लगानीको ढोका खुलेको छ ।
एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ५०÷५० अर्ब रुपैयाँको नेपाली मुद्रामा ऋणपत्र निष्कासनका लागि ३ वर्षअघि नै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका थिए । धितोपत्र नियमावली नभएको कारण देखाउदै अर्थले यसलाई रोकेको थियो । पछि धितोपत्र बोर्डले नियमावली बनाएपछि यसको प्रक्रिया अघि बढेको हो।
धितोपत्र नियमावलीलाई अर्थले स्वीकृति दिएकाले बण्ड निष्कासनको बाटो खुला भएको बताउई बोर्डका प्रवक्ता निरज गिरीले बोर्डले आन्तरिक छलफल गरेर यसलाई चाँडै कार्यान्वयन गर्ने उनले जानकारी दिएका छन।
नयाँ नियमावलीले थप साधारण सेयर निश्काशन अर्थात एफपीओ जारी गर्न पाउने ब्यवस्थालाई थप सहज बनाएको छ भने हालसम्म पुंजी बजारमा प्रवेश नगरेका एनसेल, चौधरी समूह, निम्बस, सूर्य नेपाल लगायतका अग्रणी कम्पनीहरुलाई पूँजी बजारमा प्रबेश गर्न आकर्षित गरेको छ। पछिल्लो व्यवस्था अनुसार यी कम्पनीहरुले प्रति शेयर नेटवर्थको साढे दुई गुणा भन्दा बढी प्रिमियम राखेर साधारण सेयर जारी गर्न पाउनेछन भने पुंजी बजारमा आकर्षित गर्नका लागी यी कम्पनीहरुलाई आयकरमा निश्चित समय छुट उपलब्ध गराइने भएको छ।
नयाँ नियमावलीले आयोजनाहरुमा कर्जा प्रदान गर्ने बैंक, बित्तीय संस्था वा कम्पनीका कर्मचारीलाई अग्राधिकार साधारण सेयर दिने बाटो समेत बन्द गरिदिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्