
काठमाडौँ – भारतीय जनता पार्टी निकट ‘इण्डिया फाउण्डेसन’ को कार्यक्रममा भाग लिन भारतको गोवा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाका कारण नेपालसँग चीन रिसाएको छ । स्वायत्त तिब्बतको माग गरिरहेका निर्वासित तिब्बती नेताले सम्बोधन गर्ने कार्यक्रमको देउवा प्रमुख अतिथि बनेपछि चीन नेपालसँग रिसाएको हो । त्यतिमात्र नभएर तिब्बती नेता दलाई लामाले देउवापछि सो कार्यक्रममा सम्बोधन गरेकाले पनि नेपालसँग चीन रुष्ट देखिएको छ ।
‘इण्डिया फाउण्डेसन’ ले आयोजना गरेको ‘इण्डिया आइडियाज कन्क्लेभ–२०१६’ लाई देउवाले सम्बोधन गरेपछि चीन विरोधी परिचय बनाएका दलाइ लामाले भिडियोमार्फत सम्बोधन गरेका थिए । देउवा सभापति रहेको सोही कार्यक्रममा तिब्बत सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेले समेत सम्बोधन गरेका थिए । लोब्साङ देउवासँग एउटै मञ्चमा थिए ।
नेपालको ‘एक चीन नीति’ अनुसार सरकारले निर्वासित तिब्बतीको गतिबिधिलाई गैरकानुनी मान्दै आएका बेला ‘स्वायत्त तिब्बत’ को नेताले सम्बोधन गर्ने कार्यक्रममा देउवाको हसभागीतालाई लिएर चीन सँगै नेपाल सरकार समेत सशंकीत भएको स्रोत बताउँछ ।
देउवाले चीन विरोधी गतिबिधि संचालन गरेका दलाइ लामाले सम्बोधन गरेको प्रति नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसँग आपत्ति जनाएको दूतावास स्रोतले काठमाण्डु टुडेलाई बतायो । नेपालले चीनविरोधी तिब्बती नेतासँग सामाप्यिता बढाउनु नेपालसमेत चीन विरोधी गतिबिधिमा संगल्न भएको सरह हुने भएकाले यस्ता गतिबिधिले दुई देशको सम्बन्धमा असर पार्ने चिनियाँ पक्षको बुझाइ छ ।
उता देउवा गोवामा निर्वासित तिब्बती नेताले सम्बोधन गर्ने कार्यक्रमको प्रमुख अतिथी भएको र उनीपछि तिब्बती नेताले सम्बोधन गरेको विषय प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ । यस विषयमा चीनले असन्तुष्टी जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सशंकीत भएको स्रोतको दाबी छ ।
सरकारले चिनियाँ प्रधानमन्त्री सी जिङपिङले छिट्टै नेपाल भ्रमण गर्ने बताइरहेका बेला नेपालका नेताको यस्तो व्यवहारले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न हुन सक्ने विश्लेषकहरु बताउँछन् ।
बुद्ध धर्म गुरु दलाइ लामालाई अमेरिकी एवं पश्चिमा साम्राज्यवादी शक्तिले तिब्बतमा चीन विरोधी राजनीतिमा सक्रिय बनाउँदै आएको चीनको आरोप छ । भारतले समेत लामालाई संरक्षण दिँदै आएको आरोपमा चीन र भारतबीच बेलाबेला ठाकठुक पर्ने गरेको छ । यस्तोमा नेपाली भूमिबाट कुनै पनि चीन विरोधी गतिबिधि नहोस् भनेर चनाखो रहेको चीन देउवाले गोवामा देखाएको व्यवहारबाट चिन्तित बनेको हो ।
उता देउवा तिब्बती नेतासँग एउटै मञ्चमा बसेका कारण नेपालको ‘एक चीन नीति’ को पूर्वप्रधानमन्त्रीबाट उल्लंघन भएको चर्चा समेत चल्न थालेको छ । यसले देउवाको गोवा यात्रालाई नै विवादका धकेल्न सक्ने खतरा बढेको छ ।
- काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्