
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट ९ जनाको नाम राज्यमन्त्रीको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउने भएका छन्।
सभापति देउवाले पार्टीको तर्फबाट पठाउने ९ जनामा आफ्नो खेमाका ४, नेता रामचन्द्र पौडेलको सिफारिसमा ३ र कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको सिफारिसमा एकरएक सांसदको नाम पार्टी मुख्यसचिवमार्फत पठाउन लागेका हुन्। देउवालाई आफ्नै खेमाका चार जनाको नाम सिफारिस गर्न हम्मे हम्मे परेको छ।
राज्यमन्त्रीको लागि देउवा खेमाबाट ६ जना आकांक्षी भएपछि त्यसबाट ४ जनाको नाम छनौट गर्न समस्या परेको हो। ‘सभापतिले अब शुक्रबारसम्म राज्यमन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई पठाउनु हुन्छ’, देउवा निकट नेता गोपालमान श्रेष्ठले थाहाखबरसँग भने ‘केही गरी शुक्रबार भएन भने आइतबारसम्ममा मन्त्रीमण्डल बिस्तार भइसक्छ।
देउवाले कैलालीका दीर्घराज भाट, रुपन्देहीका अब्दुल रज्जाक गद्धी र गुल्मीकी सुवर्ण जुहारचनलाई सिफारिस गर्ने पक्का भएको छ। काठमाडौंका ध्यानगोविन्द रञ्जित, मोरङका दिलिप खवास गच्छेदार र तनहुँका ध्रुव वाग्लेमध्ये कुनै एकलाई सिफारिस गर्ने भन्नेमा सभापति देउवा निष्कर्षमा पुगिसकेका छैनन्। नेता पौडेलको सिफारिसमा केन्द्रीय सदस्य झापाकी सरिता प्रसाईं, संखुवासभाका दीपक खड्का र काभ्रेका कञ्चनचन्द्र वादे श्रेष्ठ, सिटौलाको सिफारिसमा संखुवासभाकै तारामान गुरुङ र खड्काको सिफारिसमा मकवानपुरका इन्द्रवहादुर बानियाँ राज्यमन्त्री बन्ने निश्चित भएको हो। देउवासँग राज्य मन्त्रीमा सिफारिस गरिदिन सांसदहरुले दबाब दिइरहेका छन्।
ती मध्ये सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत, ओखलढुंगाका रामहरि खतिवडा, सुनसरीका सीताराम मेहता र धनुषाका महेन्द्र यादवले धेरै दवाव दिएका छन्। उता नेता पौडेललाई भने काठमाडौंका राजेन्द्र केसी र धनुषाका रामकृष्ण यादबले राज्यमन्त्री बनाउन दबाब दिइरहेका छन्। गत साउन २० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठीत मौजुदा मन्त्रिपरिषद् ३१ सदस्यीय रहेको छ।
जसमा माओवादीबाट एक उपप्रधानमन्त्री, सात मन्त्री र चार राज्यमन्त्री छन्। त्यस्तै कांग्रेसबाट एक उपप्रधानमन्त्रीसहित १५ मन्त्री, राप्रपाबाट दुई र नेकपा संयुक्तबाट एकजना मन्त्री छन्। कांग्रेसबाट ९ जना राज्यमन्त्री थपिएपछि मन्त्रीमण्डल ४० सदस्यीय हुने भएको छ। कांग्रेसका पूर्वपदाधिकारीसहितका शीर्ष नेताको मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा समेत देउवाले सरकारमा पठाउने राज्यमन्त्रीको नामावलीको बिषयमा छलफल गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्