
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका लागि त्यसतर्फ लागेका छन्। इण्डिया फाउण्डेसनले आइतबारबाट गोवामा आयोजना गरेको कार्यक्रममा भाग लिन देउवा श्रीमती आरजु राणाका साथ शुक्रबार नयाँदिल्ली गएका हुन्।
बिहान साढे आठ बजे नेपाल एयरलाइन्सको जहाजबाट नयाँदिल्ली गएका देउवा शनिबार गोवा जाने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले बताए। देउवाले फाउण्डेसनले आयोजना गरेको गोष्ठीमा प्रमुख वक्ताको रुपमा आफ्नो मन्तव्य दिनेछन्।
देउवा फाउण्डेसनको कार्यक्रममा भाग लिएर नयाँ दिल्ली फर्किएपछि मात्र राजनीति भेटघाटको कार्यसूचि तय हुने स्वकिय सचिव देउवाले बताए। उनले हालसम्म राजनीतिक भेटघाटको कुनै कार्यतालिका नबनेको र देउवा नयाँ दिल्ली फर्किएपछि अन्य भेटघाटका कार्यक्रम तय हुने बताएका छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण पूरा गरेर शुक्रबार साँझ नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ। तर, देउवा भने पूर्वनिर्धारित कार्यक्रममा भाग लिन त्यसतर्फ गएका हुन्।
यता एसियाली विपद् व्यवस्थापन सम्बन्धि मन्त्रीस्तरीय गोष्ठीमा भाग लिन तीन दिन अघि नयाँदिल्ली गएका उपप्रधानमन्त्री बिमलेन्द्र निधि भने बिहीबार साँझ काठमाडौं फर्किएका छन्। गोष्ठीमा भाग लिएर बिहीबार नयाँदिल्लीबाट नेपाल फर्किएका निधिले भारतीय राष्ट्रपति मुखर्जीसँग भेट गर्न भने पाएका छैनन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्