Skip to content
LAXMI SUNRISE BANK

सिद्दार्थ इन्स्योरेन्सको लाभासं घोषणा,

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभासं घोषणा गरेको छ । इन्स्योरेन्सको कार्तिक १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट ३० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ।
उक्त प्रस्ताब नियमन निकाय विमा समिति र कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बोनस शेयर वितरण हुने छ। २५ प्रतिशत हकप्रद दिने निर्णय साधारणसभाबाट पारित गराएर कम्पनीले निष्काशन अनुमतिका लागि धितोपत्र बोर्डमा प्रस्ताब लगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड ४८ लाख रुपैयाँ छ भने  ३० प्रतिशत वोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ४४ करोड ८२ लाख पुग्ने छ।  गत आर्थिक बर्ष २० करोड रुपैयाँ नाफा गरेको यस कम्पनीको  जगेडा कोषमा एक करोड ६२ लाख रुपैयाँ छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK