Skip to content
LAXMI SUNRISE BANK

स्टान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारीको राजिनामा

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्डका एसिया क्षेत्रका प्रमुख कार्यकारी अधिकृत अजय कवलले राजिनामा गरेका छन्। बैंकबाट बाहिरिएको लगानीका बारेमा जानकारी दिन नसकेको आरोप उनीमाथि छ। उनले नेपाल स्थित स्ट्यान्डर्ड चार्टर्ड पनि हेर्थे।

कवलको ठाउँमा अब कमर्सियल तथा प्राइभेट बैकिङ प्रमुख अन्ना मार्स जाने छन्। उनलाई कामुको जिम्मेवारी दिइसकिएको छ। कवल १९९२ देखि बैंकसँग आवद्ध थिए।

बैंकले भारतसहित एसिया क्षेत्रका आफ्ना शाखाहरुबाट १० प्रतिशत कर्मचारी हटाउने भएको छ। रोयटर्सले बैंकको केन्द्रीय प्रमुख कार्यकारी अधिकृत बिल विन्टर्सलाई उदृत गर्दै लागत कम गर्नका लागि बैंकले वाध्य भएर कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको जनाएको छ। कर्मचारी कटौती यसै साताबाट सुरु हुने छ।

बैंकमा ८४ हजार ४७७ कर्मचारी कार्यरत छन्। यो संख्या गत जुन महिनासम्मको हो। १० प्रतिशत कर्मचारी घटाउने निर्णयले नेपालमा पनि कटौती हुन्छ या हुँदैन भन्ने समाचारमा खुलाइएको छैन। समाचार अनुसार सिंगापुर, भारत र हङकङमा भने यसै साताबाट कर्मचारी कटौतीको काम थालिने छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK