
- सरोकार संम्वाददाता
काठमाण्डौ – निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले स्थानीय निकायको निर्वाचन गराउने कामप्रति सरकारले उदासीनता देखाएको बताएका छन्। सोमबार उदयपुरको गाईघाट आइपुगेका प्रमुख आयुक्त यादवले सरकारले तयारी गरिदिनु पर्ने निर्वाचन सम्बन्धी
जिल्ला निर्वाचन कार्यालय उदयपुरको भवन शिलन्यास गर्ने कार्यक्रममा ऐन नियम नबनाएर उदासीनता देखाएको बताएका हुन्। यादवले निर्वाचनको लागि सरकारले गर्नुपर्ने न्युनतम काम पनि नगरेको गुनासो गरेका छन्। ‘स्थानीय निकायको निर्वाचन गर्ने कि स्थानीय तहको निर्वाचन गर्ने दुई कुरामा सरकार र राजनीतिक दल प्रष्ट देखिएका छैनन्’, प्रमुख आयुक्त यादवले भने( ‘शीर्ष नेताहरुको फरक(फरक अभिव्यक्ति आएको छ।’
यादवको भनाइमा सरकारले चैतभित्र चुनाव गराउने हल्ला गरेपनि संविधान संशोधन लगायतका समस्याले निर्वाचन सम्बन्धी ऐन नियम ओझेलमा परेको छ। राजनीतिक समस्या बिस्तारै मिल्दै जाने छन् भन्दै मुख्य रुपमा स्थानीय तह वा निकायको निर्वाचनमा सरकारले ध्यान दिनुपर्ने यादवले बताए।
‘निर्वाचनको बारेमा आयोगले पटक पटक सरकारको ध्यानाकर्षण गराएको छ’, यादवले भने( ‘आवश्यक कानुनको मस्यौदा तयार पारेर सरकारलाई पनि पठाइ सकेका छौँ, तर हामीले पाएका छैनौँ।
सरकारको टेवलमा निर्वाचन आयोग मस्यौदा, मतदाता नामावली र राजनीतिक दल दर्ता विधयेक पुर्याए पनि संशोधन गरेर नदिएको यादवले दुखेसो गरे। तीन वटै ऐन संशोधनको लागि ०७२ पुस १६ गते आयोगले सरकारलाई बुझाएको तर सरकारले त्यस विषयमा आयोगलाई कुनै जानकारी नदिएको यादवले बताए। निर्वाचनको ला
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्