आज नेप्से करीव ६० अंकले घट्यो !
मिडियाहरुमा आज प्राय म्युचुअक फण्डका CEO हरु छाएका छन्। उनिहरुको तर्क सुन्दा यस्तो लाग्छकि बजारको बारेमा यात सानो भन्दा सानो कुरासँग पनि उहाँहरु अनभिज्ञ हुनुहुन्छ यात बुझेर पनि नबुझे जस्तो गर्दै हुनुहुन्छ । ADJUSTED PRICE सँग नेप्से परीसुचक घट्नु र बढ्नुको कुनै सम्बन्ध छैन। आज एकजना पुरानो म्युचुअल फण्डका CEO ले एक मिडीयामा भन्नु भएछकि बोनस र राईटको एडजस्ट हुँदा नेप्से घटेको हो रे!…..राम राम……!
यो बजार लाई १/२ दिनको प्रबृती हेरेर आँक्नु हुँदैन। यो कुनै हाट बजार हैन । लामो ईतिहास छ सेयर बजारको । १०० बाट ११७५ पुगेर २९२ मा झरेर १८८२ पुगेर अहिले फेरी १६०० मा छ बजार । चलायमान नहुने हो भने यसको सुन्दरता के त ?
फाईदानै नहुने हो भने किन सबैको आकर्षणको केन्द्र बनेको छ सेयर बजार अनि किन हुन्छ दैनिक १ अर्ब बढीको कारोबार ?
के तपाईंले अहिले नेप्से २५०० भएको भए आफ्नो सबै सेयर बेच्नु हुन्थ्यो? पक्कै पनि बेच्नु हुँदैन थियो ।
अनी घट्दा किन सबै सेयर फाल्ने सोच बनाउनुहुन्छ ?
नबेचेसम्म फाईदा पनि हुन्न अनि घाटा पनि हुन्न। मुटु दर्हो बनाउनुहोस्। हल्लाको पछी नलाग्नुस्, आफ्नो एउटा उदेश्य बनाउनुहोस्। आफुले कारोबार गरेको सेयरसँग आफु सन्तुष्ट हुनुहोस्। INVESTMENT मा COMPARATIVE RETURN हेर्नुहोस् ।
सँस्थागत लगानिकर्ताले खेल्ने मौका यही हो । यदि उनिहरुलाई किन्नु छ भने ठुलो कित्ता बिक्रीमा बसेर बिक्री चाप सृजना गर्छन्, अनि घट्दो मुल्यमा भटाभट उठाउँछन् ।आज पनि कतिपय कम्पनीमा यस्तै दृश्य देखिएको छ। बांकी आगामी दिनले बताउला ।
एउटा कुरा गहिरिएर सोच्नुस्, अहिले बजारमा रहेका सँस्थागत लगानीकर्ता सुन्य भएर त पक्कै बसेका छैनन् । बजार घट्दा किन उनिहरु रमाई रहेका छन् ?
☆बजारबाटअझै सस्तोमा सेयर उठाउन !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्