
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सांसदहरूको तलब भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरूले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।
नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत विभिन्न १४ विद्यार्थी संघ संगठनको आव्हानमा दिउँसो एक बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिने अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानले जानकारी दिए ।
सांसदलाई दिइने सेवा सुविधा सम्बन्धी निर्णय फिर्ता गराउने उद्देश्यले दबाब दिन कार्यक्रम गर्न लागिएको उनले बताए । गएको आइतबार ‘सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले संशोधनसहित बहुमतले पारित गरेको थियो ।
विधेयक पारित भएसँगै सांसदले गएको साउन महिनादेखि लागू हुने गरी मासिक एक लाख भन्दा बढी तलब भत्ता बुझ्नेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्