×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड र देउवाले संविधानमाथी ‘नेकेट भ्वाइलेन्स’ गरे

LAXMI SUNRISE BANK

प्रचण्ड र देउवाले संविधानमाथी ‘नेकेट भ्वाइलेन्स’ गरे

१५ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – पूर्व संविधानसभाका अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका नेता सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेर संविधानमाथी ‘नेकेट भ्वाइलेन्स’ गरेको आरोप लगाएका छन् ।
मंगलबार सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराएपछि पार्टी मुख्यालय धुम्वाराहीमा प्रतिक्रिया दिँदै नेम्वाङले भने ‘रुपान्तरित संसदको काम संघिय कानुन बनाउने मात्र हो, तर प्रचण्ड र देउवाजी मिलेर प्रदेशको सीमांकन पनि फेरबदल गर्न खोज्दै हुनुहुन्छ, जुन संविधानको २७४ विपरितको कार्य हो ।’
नेम्वाङले सीमांकनको हेरफेर प्रदेश सभाको अनुमति विना गर्न नमिल्ने बताएका छन् । ‘एमाले अदालत जाँदैन, तर अदालत र संविधानको उलंघन भएको विषय टुलुटुलु हेरेर पनि बस्दैन’ उनले भने ‘सरकारले दर्ता गराएको संशोधन प्रस्तावले अदालतको पनि अवहेलना गरेको छ ।’
संशोधन प्रस्ताव दर्ता गर्नु पूर्व नै सर्वाेच्च अदालतमा रिट परेको उल्लेख गर्दै नेम्वाङले अदालतमा विचाराधिन मुद्दाको वास्तै नगरी सरकारले संशोधन प्रस्ताव दर्ता गराएको बताए । संविधान संशोधनको प्रस्तावले संबैधानिक र राजनीतिक जटिलता थपेको समेत बताए ।
‘नेपालको संविधान ९० प्रतिसतले स्वीकार गरेको संविधान हो, तर सर्वस्वीकार्यका नाममा एमालेलाई बाहिर राखे सर्वस्वीकार्यको परिणाम बढ्छ या घट्छ ?’ उनले प्रधानमन्त्री दाहाललाई प्रश्न गरे । उनले यसलाई राष्ट्रघाति कदमका रुपमा चित्रण समेत गरे ।
ठोकेर भन्छु संशोधन प्रस्ताव पास हुँदैनः घनश्याम भूसाल
नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले सरकारद्धारा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुँने बताएका छन् । ‘राजनीतिक, संबैधानिक र संसदको गणित तीन ठाउँबाटै यो प्रस्ताव असफल छ’ भूसालले भने ‘संसदबाट पारित हुँदैन भन्ने थाहा हुँदा हुँदै प्रचण्ड र कांग्रेसले प्रस्ताव ल्याएको बताए ।
मधेस केन्द्रीत दलका माग सम्वोधन गर्ने निहुँमा संधिवान संशोधन प्रस्ताव ल्याएपनि मधेस केन्द्रीत दलहरु सहमत नभएको बताए । ‘उनीहरुले पनि आलोचनात्मक समर्थन भनेका छन्, उनीहरु कसरी खुसी भए ?’ भूसालले भने ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी