
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्तन क्यान्सरबाट पीडित कांग्रेस नेतृ सुजाता कोइरालालाई पाठेघरको समेत क्यान्सर भएको पारिवारिक स्रोतले बताएको छ।यसअघि सरकारले सुजातालाई क्यान्सर उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेपछि चर्को आलोचना भएको थियो ।
स्तन क्यान्सर लागेको थाहा पाएपछि उपचारका लागि कात्तिक २८ गते सिंगापुर गएकी सुजातालाई सेन्ट पिटर्सवर्गमा चेकजाँचका क्रममा पाठेघरको क्यान्सर भएको संकेत देखिएको थियो ।
उनको पाठेघरको शल्यक्रिया गरिएको छ। स्तन क्यान्सरको उपचारका लागि सिंगापुरको सेन्ट पिटर्सवर्गमा उनी पाँच दिन बसेकी थिइन्। त्यहाँको उपचारपछि मलेसिया थप परीक्षण गराउँदा उनमा पाठेघरको पनि क्यान्सर भएको पत्ता लागेको हो।
आइतबार मलेसियाको सनवे हस्पिटल पुगेकी उनको आज पाठेघरको सफल शल्यक्रिया गरिएको हो। तर उनलाई किमो भने चलाइएको छैन।सिंगापुरमा उनको उपचारमा संलग्न चिकित्सकले नै मलेसियामा थप परीक्षण गराउनका लागि रिफर गरेका थिए।
सुजाताको एकातिरको ब्रेस्टमा क्यान्सर देखिएको छ भने अर्कोतिरको पनि परीक्षण गरिएको छ। जसको रिपोर्ट आउन बाँकी रहेको चिकित्सकले बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्