×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेतृ सुजतालाई राज्यबाट उपचार खर्च उपलब्ध गराईदिने शेरबहादुर देउवा र गृहमन्त्री निधि सक्रिय

PRIME CA
GLOBAL IME BANK

नेतृ सुजतालाई राज्यबाट उपचार खर्च उपलब्ध गराईदिने शेरबहादुर देउवा र गृहमन्त्री निधि सक्रिय

२२ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – स्तन क्यान्सर पीडित भएकी कांग्रेस नेत्री  सुजाता कोइरालालाई सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिले राज्यको ढुकुटीबाट उपचार खर्च दिलाइदिने भएका छन् ।
क्यान्सर पीडित कोइरालाले निजी जग्गा बेचेर उपचार गर्न लागेको खबर दिल्लीमा रहेका पार्टी सभापति शेरबहादुर देउवाको कानमा परेसँगै उनले  टेलिफोन गरी जग्गा नबेच्न सुझाव दिएका हुन ।
 देउवाले  जसरी भएपनि सरकारबाट उपचार खर्च दिलाउन लाउने बचन दिएको  स्रोतले जानकारी गराएको छ ।
सुजाताले आफैं सरकारसँग उपचार खर्च मागेकी होइनन, पार्टी सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधीले सरकारबाट उपचार खर्च जुटाइ दिन्छौं आत्तिनु पर्दैन भनेपछि उहाँले जग्गा विक्रि गर्ने तयारीबाट पछाडि हटेको कोइराला निकट स्रोतले जानकारी दिएको छ ।
हाल भीआइपीहरुको उपचार खर्च राज्यले बेहोरिरहेको छ । त्यसैले जग्गा बेचेर उपचार नगर्न सभापति देउवाले सुजातालाई आग्रह गरेका हुन । यससँगै सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर आफूले उपचार खर्च जुटाइदिने आश्वासन दिएपछि यतिबेला सुजाताले जग्गा विक्री गर्ने योजना थाती राखेकी छिन् ।
केहि दिन अगाडि ज्वाई र छोरीका साथ मलेसिया भ्रमणमा रहेका बेला विरामी परेर जाँच गराउँदा कोइरालामा स्तन क्यान्सरको लक्षण देखिएपछि उनले उपचारका लागि सरकारसँग एक करोड रुपैयाँ मागेकी  थिइन् । अबको तीन दिनपछि उपचारका लागि सिंगापुर जान लागेकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: