×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुमन खरेलले भने, ‘राम्रो काम कसैले सम्झँदा रैनछन्, अरुका कारण दुःख पाइयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुमन खरेलले भने, ‘राम्रो काम कसैले सम्झँदा रैनछन्, अरुका कारण दुःख पाइयो’

१० मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – मैले पत्रकारिता गरेको ३३ वर्ष भयो । मेरो यति लामो करियरमा मलाई यहि घटनामा सबैभन्दा बढी तनाब भयो । यो घटनाको कारण म खिन्न छुु सोसल मिडियामा नराम्रो हल्ला फैलियो । नराम्रो लाग्यो त्यसले मलाई पनि दुखी तुल्यायो ।
यस्तो बेला कसैले गरेको ३३ वर्ष लामो काम पनि बिर्सदो रहेछ । राम्रो काम कसैले सम्झँदा रैनछन । अरुका कारणले दुख पाइयो । मैले प्रचण्डजीसंंग प्रश्न गरेको थिए बिबिसीमा । त्यो चर्चित भयो । तर अहिले गरेको कामले खोइरो खन्न थाले । म यो देशमा केही गर्छु भनेर आएको मेरो हेल्थ पनि त्यती ठिक छैन । आफ्नै देशमा केही गर्छु भनेर आएँ । त्यो पनि यस्तो अवस्थामा, तर उल्टो भयो ।
यदाकता यस्तै हुन्छ । पत्रकारिता विस्वासमा चलेको हुन्छ । समाचार सूत्रमा विस्वास हुन्छ पात्रमा विश्वास हुन्छ, पात्रप्रति विश्वास हुन्छ । त्यो धमिलो भैदिन सक्छ ।मेरो डेढ घण्टा लामो कुराकानी भयो मोहनजीसंग मैले यो कुरा दोह्याउन चाहेको छैन । हामी मोहनजीको पक्षपनि देखाउछौ । यो विवादमा आगो लगाउने काम होइन हाम्रो । हाम्रो काम बाटो देखाउने मात्र हो ।’

साप्ताहिकबाट

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी