
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – दुई वर्षदेखि किसानले उत्पादन गरेको करिब दस हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ । जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले बताए ।
जिल्लामा दुई हजार ६८५ हेक्टरमा वार्षिक ९ हजार ७०० मेट्रिक टनभन्दा बढी सुपारी उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको काँचो सुपारी भारतले खरिद गर्न नमान्नु, नेपालमै प्रशोधन कारखाना नहुनु जस्ता कारणले किसान मारमा परेका अध्यक्ष खतिवडाले बताए ।
जिल्लाका शनिअर्जुन नगरपालिका, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, चारपाने, खुदुनाबारी, दुवागढी, धाइजनलगायत गाविसमा किसानले व्यावसायिक सुपारी खेती गर्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्