Skip to content
LAXMI SUNRISE BANK

देशको विकासमा ब्यापारीको मुख्य भूमिका हुन्छ सञ्चारमन्त्री कार्की

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सूरेन्द्र कुमार कार्कीले देशलाई समृद्ध बनाउन उद्योग ब्यवसायको मुख्य भूमिका हुने बताएका छन्। सोमबार झापाको विर्तामोडमा भएको माओवादी केन्द्र निकट ब्यवसायीको संगठन नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको प्रथम झापा जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री कार्कीले ब्यापार गर्दा आधुनिक क्षेत्रको पहिचान गरेर मात्र ब्यापारको सुरुवात गर्नु पर्ने बताएका हुन्।

ब्यापारलाई पनि समय अनुसार परिवर्तन गर्दै लैजानु पर्नेमा उनले जोड दिदै मन्त्री कार्कीले भने, ‘उत्पादित वस्तुलाई प्रसोधन गरेरमात्र बजार पुर्‍याउँदा त्यसको बजार सुरक्षित हुन्छ। अन्नको उर्वर भूमिको रुपमा चिनिएको झापामा पछिल्लो समयमा जग्गा प्लटिंगले अन्न उत्पादनमा प्रभाव परेको बताए।

 उनले प्लटिङबाट उत्पादनमा परेको प्रभाव रोक्नका लागि जग्गाको वर्गिकरण गर्नुपर्ने भन्दै आफुले सदनमा समेत कुरा उठाएको बताए।  जमिन, जंगल, उद्योग तथा आवास निर्माणका लागि जमिनलाई वर्गीकरण गर्नु पर्ने र वर्गीकरण अनुसारकै कार्य सम्पादन हुनु पर्ने उनको जोड थियो।

 उनले नेपालीहरुले योजनाबिनानै ब्यापार गर्ने भएका कारण ब्यापार घाटामा जाने गरेको बताए। योजनाबिनाको घरले आम्दानी र खर्चको हिसाव पनि राख्दैन र त्यसको अर्थ पनि नहुने उनले बताए।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK