
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मलाई विगतको ब्याकग्राउण्ड कसको के हो थाहा छैन तर न्यायाधीश नियुक्ति गर्दा पार्टी होइन, विज्ञता ख्याल गर्ने हो । भारतमै मन्त्री भइसकेका व्यक्ति पनि न्यायाधीश भएको उदाहरण छ ।
बुहारीलाई घुम्टो ओढाएर राख्ने अनि समावेशी समानुपातिकमा नियुक्ति हुनुपर्छ भनेर हुँदैन । न्यायाधीशलाई मन्त्री पदसित दाँज्न हुँदैन ।न्यायपालिका समावेशी र समानुपातिक हुनुपर्छ भन्ने कुरामा म पनि सहमत छु तर न्यायाधीश नियुक्ति गर्दा व्यक्तिको सक्षमता, विज्ञता, अध्ययन कसैलाई ख्याल गरिनुपर्छ समावेशी समानुपातिकका नाममा आलोकाँचोलाई न्यायाधीश बनाउन सकिदैन् ।
भ्रष्टाचार वा घुस लेनदेनमा दिने र लिने दुवै उत्तिकै दोषी हुन । एउटा पोखरीमा फोहोर भ्यागुता पस्यो भने पोखरी गनाउँछ । त्यस्तै न्याय क्षेत्रमा रहेका केही मुठीभर गलत व्यक्तिका कारण पुरै न्यायपालिका बद्नाम भइरहेको छ । तराईका जिल्लामा मुद्धा हार्यो कि घुस खाएको आरोप लगाइदिने चलन छ ।
प्रधानन्यायाधीशको नियुक्ति छोटो अवधिका लागि हुने गरेका कारण धेरै सुधार गर्न सकिने अवस्था छैंन । जेभएपनि म आफ्नो कार्यकाल अबधिभर न्यायमा जनताको सहज पहुँचका लागि प्रयास गरिरहनेछुँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्