×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जी फाइनान्स डुबाउने खेलमा सीइओ विनितमणि उपाध्याय ! यस्ता छन् उनका काला कर्तुत ! (फलोअप नम्बर २)

अर्थ सरोकार

प्रकाशित मिति : २४ कार्तिक २०७३, बुधबार

PRIME CA

सिनर्जी फाइनान्स डुबाउने खेलमा सीइओ विनितमणि उपाध्याय ! यस्ता छन् उनका काला कर्तुत ! (फलोअप नम्बर २)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौँ – सिनर्जी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बैंकिङ कसुरको अभियोगमा जेल परेको भएपनि हाल फाइनान्सको सीइओ पदमा रहेर मनपरी गरिरहेको खुलासा भएसँगै उनका थप काला कर्तुतहरु पनि सार्वजनिक भएका छन् ।

हाल सिनर्जी फाइनान्स कम्पनीमा सीइओ रहेका बिनितमणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार एक पटक बैंकिङ  कसुरमा परिसकेका सीइओले हाल सिनर्जी फाइनान्सलाई समेत डुबाउन लागि परेका छन् । उनले फाइनान्सको करोडौं रुपैयाँ घोटाला गरेर बिगतमा झैं अर्को लफडा गर्न खोजेको भन्दै फाईनान्सभित्रकै कर्मचारी रुष्ट हुन थालेका छन् ।

यता फाइनान्सकै शेयरहोल्डर पनि बिगतमा बैंकिङ कसुरमा जेल परिसकेका व्यक्ति सीइओ भएपछी उनले संस्थामा जस्तोसुकै गलत काम गर्न सक्ने भन्दै चिन्तित बनेका  छन् । ‘ एक पटक जेल परिसकेको मान्छेलाइ यत्रो संस्थाको जिम्मा दिएर गलत गरिएको छ । गलत गर्ने मान्छे सुध्रिएको छ वा छैन कसरी थाहा पाउने ? उनलाई हटाउन जरुरी छ ।’ फाइनान्सका एक शेयर होल्डरले अर्थ सरोकार डटकमसँग भने ।  

बिगतमा फाइनान्स कम्पनीमै गरेका थिए यस्तो घोटाला :
हाल सिनर्जी फाइनान्स लिमिटेडका सीइओ रहेका उपाध्याय तत्कालीन वल्र्ड मर्चेन्ट फाइनान्समा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दुबै पदमा रहेका उपाध्याय उक्त फाइनान्स घोटाला प्रकरणमा पक्राउ परेर जेलसमेत बसेका थिए ।

उनलाई करोडौं रुपैयाँ घोटाला गरेको अभियोगमा जेल हालिएको थियो। वल्र्ड मर्चेन्ट फाइनान्समा कार्यरत रहँदा उपाध्याय, ज्ञानेन्द्र श्रेष्ठ र सोही फाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रञ्जित कोइरालासमेतले आठ करोड रुपैयाँभन्दा बढी घोटाला गरी बैकिङ कसुर गरेको अभियोग लागेको थियो ।

यस्तो गम्भीर प्रकृतिको अभियोग लागेका कोइरालाले घटना सार्वजनिक भएलगत्तै देश छाडेका थिए । तत्पपश्चात् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वल्र्ड मर्चेन्ट प्रमुख कार्यकारी उपाध्याय र श्रेष्ठलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो ।

यसरी रिहा भएका थिए उपाध्याय…
केही समय सीआइबीको हिरासतमा बसेका उपाध्याय अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । उक्त घटनापश्चात् बैंकिङ क्षेत्रबाट पलायन भएका उपाध्याय केही समय दुबईमा गएर समेत बसेका थिए । नेपाल फर्केलगत्तै फाइनान्सको वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासहित सिनर्जीको सञ्चालक समितिलाई प्रभावमा पारेर फाइनान्स प्रवेश गरेका उपाध्याय अहिले पनि सिनर्जीलाई धराशायी बनाउने गम्भीर खेलमा लागेको श्रोतको दाबी रहेको छ ।

फाइनान्स डुबाउने यस्तो खेल खेल्दैछन् उपाध्याय :

श्रोतकाअनुसार उपाध्यायले फाइनान्समा प्रमुख कार्यकारीको रूपमा आउँदा कम सेवा सुविधा लिएर भए पनि आफूले जुनसुकै हालतमा पनि संस्थाको सिङ्गो वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर जिम्मेवारी सम्हालेसँगै उनले फाइनान्सको चरम रूपमा श्रोत र साधनको दुरूपयोय गर्न थाले । फाइनान्सको नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दा तथा खराब कर्जा उठाउने नाममा ब्याज छुट दिनेलगायतका विभिन्न नाममा लाखौँ रुपैयाँ कमिसन खाने गरेका छन् ।
वित्तीय क्षेत्रमा निकै नै चलाख र धुर्तसमेत मानिँदै आएका उपाध्यायले सम्पत्ति बिक्री प्रकरणमा खरिदकर्ताहरूलाई कम मूल्यमा टेण्डर हाल्न लगाई स्वीकृत गर्ने, बचेको फाइदा आएको रकम घुमाउरो रूपमा आफूले लिने गरेका छन् । आम्दानी बढेका कारण गाडी पनि नयाँ खरिद गरेको हुन सक्ने श्रोतले जनाएको छ ।

के भन्छ सिनर्जी फाईनान्स ?
यस बिषयमा बुझ्न हामीले फाइनान्समा  सम्पर्क गरेका थियौं । सुचना अधिकारी भन्दै फोन फाइनान्सकि कर्मचारी सिता चित्रकारलाई पास भयो । तर हाम्रो प्रश्न सुन्ने बितिकै उनले आफु संस्थाको सुचना अधिकारी नभएको बताइन् । त्यसपछि हामीले फाइनान्सका सुचना अधिकारी को हुन् भनेपछि, उनले भनिन्, ‘ल ल मै भएपनि यो कुरा हामीलाई थाहा हुन्न । हामी त कर्मचारी मात्र हो । उहाँ जेल पर्नुभएको कुरा हामीलाई थाहा छैन । यो त बोर्डले हेर्ने कुरा हो । हामी के नै भन्न सक्छौं र ?’

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: