×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमिसनको लोभमा यतिसम्म गर्छन् बिगतमा बैंकिङ कसुरमा जेल परेका सिनर्जी फाइनान्सका सीइओ ! (फलोअप नम्बर ३)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कमिसनको लोभमा यतिसम्म गर्छन् बिगतमा बैंकिङ कसुरमा जेल परेका सिनर्जी फाइनान्सका सीइओ ! (फलोअप नम्बर ३)

Artha Sarokar

५ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौँ – सिनर्जी फाइनान्स लिमिटेडमा बैंकिङ कसुरमा जेल परेका व्यक्ति सीइओ भएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि सिनर्जीका थप कर्तुतहरु बाहिर आउन थालेका छन् । हाल सिनर्जी फाइनान्स कम्पनीमा सीइओ रहेका बिनितमणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए । उनी विनितमणि उपाध्याय फाइनान्सको करोडौं रुपैयाँ घोटाला गर्ने खेलमा लागि परेको फाइनान्स कम्पनीकै एक कर्मचारीले आफ्नो नाम नबताउने सर्तमा अर्थ सरोकार डटकमलाई बताए। उनले फाइनान्सको करोडौं रुपैयाँ घोटाला गरेर बिगतमाझैं अर्को लफडा गर्न खोजेको भन्दै फाईनान्सभित्रकै कर्मचारी रुष्ट हुन थालेका छन् ।

कर्मचारीले नै गुहार्न थाले राष्ट्र बैंक :
फाइनान्सभित्र सीइओसँग कर्मचारी यति रुष्ट हुन थालेका छन् कि, उनी विरुद्ध नेपाल राष्ट्र बैंकमा समेत उजुरी केहि कर्मचारीहरुले गरिसकेको स्रोतको दावी छ । यता फाइनान्सकै शेयरहोल्डर पनि बिगतमा बैंकिङ कसुरमा जेल परिसकेका व्यक्ति सीइओ भएपछी उनले संस्थामा जस्तोसुकै गलत काम गर्न सक्ने भन्दै चिन्तित बनेका छन्। ‘ एकपटक जेल परिसकेको मान्छेलाइ यत्रो संस्थाको जिम्मा दिएर गलत गरिएको छ । गलत गर्ने मान्छे सुध्रिएको छ वा छैन कसरी थाहा पाउने ? उनलाई हटाउन जरुरी छ ।’ फाइनान्सका एक शेयर होल्डरले अर्थ सरोकार डटकमसँग भने । 
बाफिया विपरित सीइओको काम कारवाही !
यता बैंकका कर्मचारीहरुले सीइओ उपाध्यायले बैंक तथा वित्तीय संस्था ऐन २०६३ विपरित काम गरिरहेको समेत दावी गरेका छन् । ‘एकातर्फ बैंकिङ कसुरमा जेलसमेत परिसकेका व्यक्ति कसरी यस्तो कम्पनीको सीइओ हुन् सक्छन् र ?’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनी अगाडी भन्छन्म, ‘संस्थामा सीइओको मनोमानी बढेको छ । हामी कर्मचारी कुनदिन दिइओ कति घोटाला गरेर फरार हुन्छन् भन्ने चिन्तामा छौं, हामीले सोचेको जस्तो काम गर्न सकिरहेका छैनौं । यसमा नेपाल राष्ट्र बैंकको ध्यान जान जरुरी छ । बिगतमा जेल परिसकेको व्यक्तिको हातमा संस्थाको जिम्मेवारी दिंदा शेयरहोल्डरको लगानी र जनताको डिपोजिट दुवै धरापमा छ ।’ उनले भने ।  
कमिसनको लोभमा यहाँसम्म गर्दैछन् सीइओ उपाध्याय :
अर्थ सरोकार डटकमलाई श्रोतले गराएको जानकारी अनुसार जिम्मेवारी सम्हालेसँगै उनले फाइनान्सको चरम रूपमा श्रोत र साधनको दुरूपयोय गर्न थाले । फाइनान्सको नाममा रहेको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दा तथा खराब कर्जा उठाउने नाममा ब्याज छुट दिनेलगायतका विभिन्न नाममा लाखौँ रुपैयाँ कमिसन खाने गरेका छन् । ‘उनी यतिसम्म कमिसनको जालोमा परेका छन् कि उनको तलव सुविधाभन्दा कयौं गुणा बढी रकम उनले कमिसनको रुपमा उठाउने गरेका छन् । उनले करोडौं रुपैयाँ कमिसनकै लोभमा नउठ्ने कर्जामा लगानी गरेका छन् भने बिगतमा जुन कसुरमा जेल परेका थिए तीनै ऋणीहरुका आफ्ना मान्छेलाई समेत कमिसनकै लोभमा खराब कर्जा दिएर संस्था डुबाउने खेलमा लागि परेका छन् । 
उपाध्यायले फाइनान्समा प्रमुख कार्यकारीको रूपमा आउँदा कम सेवा सुविधा लिएर भएपनि आफूले जुनसुकै हालतमा पनि संस्थाको सिङ्गो वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘तर उनले यतिसम्म गर्ने गरेका छन् कि, वित्तीय क्षेत्रमा निकै नै चलाख र धुर्तसमेत मानिँदै आएका उपाध्यायले सम्पत्ति बिक्री प्रकरणमा खरिदकर्ताहरूलाई कम मूल्यमा टेण्डर हाल्न लगाई स्वीकृत गर्ने, बचेको फाइदा आएको रकम घुमाउरो रूपमा आफूले लिने गरेका छन् । आम्दानी बढेका कारण गाडी पनि नयाँ खरिद गरेको हुन सक्ने श्रोतले जनाएको छ ।
बिगतमा सीइओले फाइनान्स कम्पनीमै गरेको घोटालाका कारण त्राहिमाम शेयरहोल्डर :
हाल सिनर्जी फाइनान्स लिमिटेडका सीइओ रहेका उपाध्याय तत्कालीन वल्र्ड मर्चेन्ट फाइनान्समा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दुबै पदमा रहेका उपाध्याय उक्त फाइनान्स घोटाला प्रकरणमा पक्राउ परेर जेलसमेत बसेका थिए ।  उनलाई करोडौं रुपैयाँ घोटाला गरेको अभियोगमा जेल हालिएको थियो। वल्र्ड मर्चेन्ट फाइनान्समा कार्यरत रहँदा उपाध्याय, ज्ञानेन्द्र श्रेष्ठ र सोही फाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत रञ्जित कोइरालासमेतले आठ करोड रुपैयाँभन्दा बढी घोटाला गरी बैकिङ कसुर गरेको अभियोग लागेको थियो ।

यस्तो छ उनको रिहाइको कथा :
अहिले सिनर्जी फाइनान्स कम्पनीमा मनपरी गरेको भन्ने आरोप खेपिरहेका सीइओ बिनितमणि उपाध्याय केही समय सीआइबीको हिरासतमा बसेका उपाध्याय अदालतले मागेको धरौटी बुझाएर रिहा भएका थिए । उक्त घटनापश्चात् बैंकिङ क्षेत्रबाट पलायन भएका उपाध्याय केही समय दुबईमा गएर समेत बसेका थिए । नेपाल फर्केलगत्तै फाइनान्सको वित्तीय अवस्थामा सुधार ल्याउने प्रतिबद्धतासहित सिनर्जीको सञ्चालक समितिलाई प्रभावमा पारेर फाइनान्स प्रवेश गरेका उपाध्याय अहिले पनि सिनर्जीलाई धराशायी बनाउने गम्भीर खेलमा लागेको श्रोतको दाबी रहेको छ ।


अख्तियार र सम्पत्ति सुद्धिकरण आयोगमा समेत उजुरी
स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण आयोग लगायतका निकायहरुमा पनि छानविनका लागि उजुरी परिसकेको छ । विगतमा पनि करोडौं घोटाला गरेको अभियोगमा जेल परिसकेका व्यक्ति पुन: सिनर्जी फाइनान्स लिमिटेडमा सीइओ भएर करोडौं रुपैयाँ चलखेल गरेको भन्दै उनी विरुद्ध विभिन्न निकायमा उजुरी परेको हो ।
के भन्छ सिनर्जी फाईनान्स ?
यस बिषयमा बुझ्न हामीले फाइनान्समा सम्पर्क गरेका थियौं । सुचना अधिकारी भन्दै फोन फाइनान्सकि कर्मचारी सिता चित्रकारलाई पास भयो । तर हाम्रो प्रश्न सुन्ने बितिकै उनले आफु संस्थाको सुचना अधिकारी नभएको बताइन् । त्यसपछि हामीले फाइनान्सका सुचना अधिकारी को हुन् भनेपछि, उनले भनिन्, ‘ल ल मै भएपनि यो कुरा हामीलाई थाहा हुन्न । हामी त कर्मचारी मात्र हो । उहाँ जेल पर्नुभएको कुरा हामीलाई थाहा छैन । यो त बोर्डले हेर्ने कुरा हो । हामी के नै भन्न सक्छौं र ?’

यो समाचार लेखकलाई फलो गर्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी