
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन तामाकोसी आयोजनामा सरकारले गरेको लगानीबाट जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताएका छन्।
आयोजनाको निरीक्षणका लागि दोलखा आएका प्रचण्डले आयोजना निर्माणमा नेपाल सरकारले ११ अर्ब ऋण लगानी गरेको र त्यसबाट नै विपन्न वर्ग र सहिद(बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताए। ुमेरो चाहना के छ भने त्यो ऋणलाई नै अति विपन्नहरुका निम्ति शेयरमा बदल्दिने। सहिद(बेपत्ताका परिवारकोमा बदल्नेबारे हामीले सोचिराखेका छौँ,ु उनले भने। आयोजनाका कर्मचारी र स्थानीयलाई समेत शेयरमा बदल्ने विषयमा ुफिडब्याकु दिन उनले आग्रह गरेका छन्।
११ अर्ब लगभग रकमलाई शेयरमा कन्भर्ट गरिदिने र त्यसरी शेयरमा लगेर सहिद(बेपत्ताका परिवारलाई पनि दिन सकिन्छ भनेर सोचिरहेको छु उनले भने।
भूकम्प र नाकाबन्दीका कारण ४ सय ५६ मेगावाट क्षमताको तामाकोसी निर्माणमा ढिलाइ भएको छ। प्रधानमन्त्री प्रचण्डले आयोजना छिटो सक्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ तोकिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्