
काठमाडौं – अहिले काठमाडौंका बजारहरुमा राजस्व आतंक बढेको ब्यापारिहरुले गुनासो गरेका छन् । राजस्व आतंकले काठमाडौंको मुख्य ब्यापारिक अड्डा न्युरोड त्रसित छ ।
गत हप्ताको सप्तान्तसम्म न्युरोडबाट मात्रै झण्डै ३० करोड बराबरको वार्गेनिङ रकम जम्मा भएको स्रोतले जनाएको छ ।राजस्व अनुसन्धान महाशाखाका डि जी निर्मल हरि अधिकारीले बजार आतंक मच्चाइरहेको राजस्व अनुसन्धानको टोलीलाई खटाएको वताइएको छ ।
बजारमा गएको टोलीले संकास्पद ब्यापारीकोमा छापा मार्ने वा कारवाही गर्ने प्रकृया अघि नवढाएको बरु वार्गेनिङलाई प्राथमिकता दिएको न्युरोडका एक ब्यापारिले बताए । ‘वार्गेनिङमा करोडौं रकम उठाउने यस अघोषित अभियानमा अर्थमन्त्री,अर्थसचिब,राजस्व विभाग प्रमुख, अख्तियारका निलम्वित प्रमुख आयुक्त वा अख्तियारका वर्तमान कार्यवाहक आयुक्त कसको हात छ थाह भएन हामी अलमलमा छौं’ एक ब्यापारीले भने ।
न्युरोड ब्यापारीहरुको ठूलो अखडा भएकाले यहाँ कर छल्ने काम अलि वढी नै हुन्छ त्यो सबैलाई थाह छ । तर करको दायरामा ल्याउन राज्यले नीति र विधिमा वाँध्ने थुप्रै उपाय छन् ।
वार्गेनिङ गरि ब्यापारिलाई पनि सधैं त्रासमा राख्ने ब्यापारीबाट गएको पैसा पनि राज्यको ढुकुटीमा नपुग्ने यो राम्रो संकेत होइत ति ब्यापारीको भनाई थियो ।
न्युरोडमा टायर र ड्राइफुडको ब्यापार गर्ने मनिष जडोदिया, काठमाडौंकै सिरुवा कन्ट्रक्सन लगायतबाट गएको साता मात्रै वार्गेनिङमै राजस्व महाशाखाका अधिकारी भन्दै वार्गेनिङमा निकै ठूलो रकम उठाइएको सुत्रको दावी छ ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्