×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर दिवसको अवसरमा उत्कृष्ट १५ करदाता पुरस्कृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कर दिवसको अवसरमा उत्कृष्ट १५ करदाता पुरस्कृत

Artha Sarokar

१ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सरकारले पाँचौँ राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ  । आन्तरिक राजस्व विभागले आज  आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले ति करदातालाई सम्मान गरेका हुन्।
 सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता सूर्य नेपाल प्रालि, निर्यात कम्पनीका तर्फबाट बढी कर तिर्ने डाबर नेपाल, बढी कर तिर्ने विशेष उद्योग युनिलिभर नेपाल र पशुपक्षीजन्य उद्योगका तर्फबाट ओम सावर फिड इन्डस्ट्रिज पुुरस्कृत भएका छन् । 
त्यस्तै बढी कर तिर्ने सहकारी मध्येबाट राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त कम्पनीका तर्फबाट छिमेक लघुवित्त कम्पनी, बैंक वित्तीय संस्थाका तर्फबाट नबिल बैंक, बीमा व्यवसायबाट लाइफ इन्सुरेन्स कर्पोरेसन, विप्रेषण कम्पनीका तर्फबाट आएमई लिमिटेडलाई बढी कर तिर्ने संस्थाका रुपमा पुरस्कृत भए ।
पर्यटन व्यवसायमध्येबाट तारा गाउँ रिजेन्सी होटल, व्यापार व्यवसायका तर्फबाट सिप्रदी ट्रेडिङ लिमिटेड, साना करदातामध्येबाट सिवेक अस्पताल प्रालि, व्यक्तिगत मध्येबाट सिद्धार्थशम्शेर जबरा र कर कार्यालयमा दर्ता भएपछि हालसम्म सबैभन्दा कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी पनि पुरस्कृत भएका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी