Skip to content
LAXMI SUNRISE BANK

राजस्व सङ्कलन सन्तोषजनक हुदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा कूल ३७ करोड ९२ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले ३३ करोड छ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा चार करोड ८६ लाख लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख निर्मल ढकालले बताए ।
सङ्कलित राजस्वमा आयकरतर्फ ११ करोड ९९ लाख, बहाल करतर्फ एक करोड ४१ लाख ७३ हजार, ब्याज करतर्फ दुई करोड ३९ लाख ३९ हजार, मूल्यअभिबृद्धि करतर्फ १५ करोड १९ लाख ६१ हजार, अन्तःशुल्क पाँच करोड ५३ लाख २५ हजार, स्वास्थ्य सेवा कर एक करोड छ लाख ७६ हजार र शिक्षा सेवा कर २९ लाख १० हजार रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK