Skip to content

त्रिबेणी विकास बैंकको ५० प्रतिशत हकप्रद बिक्रि आज देखि खुला,

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं- त्रिबेणी विकास बैंकको ५० प्रतिशत हकप्रद आज देखि बिक्रि खुला गरिएको छ। बैंकले कार्तिक २३ देखि मङ्सिर २७ सम्मको ३५ दिनको लागि लागि ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । 
जनता बैंकसंग मर्जर प्रक्रियामा रहेको त्रिबेणी विकास बैंकले प्रति कित्ता १०० रुपियाँको दरले ४१ लाख कित्ता हकप्रद निस्काशन गर्न लागेको हो । हकप्रद निस्काशनको लागि कार्तिक १ मै बुक क्लोज भई सकेको छ । अर्थात् असोज ३० गतेसम्म बैंकको शेयर खरिद गरेका लगानीकर्ताले मात्र हकप्रदको लागि आवेदन दिन  सक्ने छन्  । 
हकप्रद निस्काशनको लागि एस क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ। हकप्रद निस्काशनपछि बैंकको चुक्ता पुंजी १ अर्ब २३ करोड पुग्ने छ  । बैंकले गत आर्थिक बर्षमा १९ करोड नाफा कमाएको थियो  ।
जनता बैंक र त्रिबेणी विकास बैंक एकआपसमा गाभिने भएपछि नेपाल स्टक एक्सचेन्जमा त्रिबेणीको शेयर कारोबार रोका गरिएको छ।  
कहाँ दिने आवेदन :
शेयरधनीले एक क्यापिटलको कार्यालय लालदरबार, त्रिवेणी विकास बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु, एस डेभलपमेण्ट बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु र महालक्ष्मी विकास बैंकको महेन्द्रनगर र धनगढी शाखाबाट हकप्रदको आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्