Skip to content
LAXMI SUNRISE BANK

ओबामाले भने – ट्रम्प फेरिन सक्छन्, काम गर्न देउ

अर्थ सरोकार

एजेन्सी  –  अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदको जिम्मेवारीसंग घुलमिल हुनका लागि केही समय दिन अमेरिकी नागरिकलाई आग्रह गरेका छन्।  पदभार ग्रहण गरिसकेपछि ट्रम्प फेरिन सक्ने भन्दै उनले काम गर्ने अवसर दिन नागरिकलाई आग्रह गरेका हुन्।
 राष्ट्रपतिका रुपमा अन्तिम विदेश भ्रमणमा ग्रीस निस्कनुअघि सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्रपति ओबामाले ट्रम्पका केही अपेक्षाहरु पदको गम्भीरता र बोझले छिटै छिन्नभिन्न हुने चेतावनी पनि दिएका सिएनएनले जनाएको छ। ट्रम्पसंगको केही दिनअघिको भेटमा आफूले उहाँलाई गम्भीर रहेको पाएको पनि ओबामाले बताए। 
उनले भने ‘मलाई लाग्दैन कि उहाँ आदर्शबादी हुनुहुन्छ, समयसंगै अन्ततः उहाँ व्यवहारिक बन्नुहुनेछ र त्यसले नै उहाँको कार्यकाललाई सफल बनाउनेछ।’ ओबामाले ट्रम्पले अमेरिकाको अन्तर्राष्ट्रिय गठबन्धनको सम्मान गर्ने भन्दै सहयोगी देशहरुलाई आश्वस्त पनि पारेका छन्। उनले देशहरुबीचको साझेदारी राष्ट्रपतिको कार्यकाल भन्दा लामो समय चल्ने भन्दै रणनीतिक साझेदारी कायम हुने कुरामा ट्रम्पले चासो देखाएको दावी पनि गरे। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK