Skip to content
LAXMI SUNRISE BANK

डिभी खारेज गर्दै ट्रम्प !!

अर्थ सरोकार

आप्रवासी कानुनका अधिवक्ता डिल्ली भट्टका अनुसार गैरकानुनी एवं स्थल मार्गबाट अमेरिका भित्रिने नेपाली आप्रवासीहरुमाथि ट्रम्प प्रशासन कडा हुन सक्ने छ । त्यसैगरी सामाजिक नीतिमा सरकारको हस्तक्षेपको वकालत गर्ने रिपब्लिकन र ट्रम्प प्रशासनले आप्रवासी लक्षित सामाजिक कार्यक्रमहरु पनि कटौती गर्न सक्छ ।

विशेषतः कल्याणकारी राज्यको परिकल्पनालाई अनुदारवादीहरुले तिरस्कार गर्दे आएका छन् । अर्को महत्वपूर्ण पक्ष के छ भने डिभीको कार्यक्रमको भविष्य पनि अनिश्चित बनेको छ । २०१२ मा रिपब्लिकन पार्टी नियन्त्रित तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभले डिभिी कार्यक्रम बन्द गर्ने बिल पास गरेको थियो । तर डेमोक्र्याट बहुमत रहेको सिनेटले त्यसलाई खारेज गरेको थियो ।
अधिवक्ता भट्टका अनुसार डीभी कार्यक्रम एवं परिवासरहका सदस्यकोे भिसा कोटाको खारेजीका लागि हाउसमा बिल दर्ता छ । अनुदार कांग्रेस एवं ट्रम्प प्रशासनले यसको खारेजी गर्ने सम्भावना बलियो देखिएको छ ।

  • कान्तिपुर  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK