×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रम्पको राष्ट्रपति पद धरापमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ट्रम्पको राष्ट्रपति पद धरापमा !

१२ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् ।
उनले ट्रम्पको पक्षमा रहेका ह्याकरहरुले ह्याक गरेर मतपरिणामलाई उल्टाउन भूमिका खेलेको दाबी गरेकी छन् । विसकन्सिनको निर्वाचन आयोगले पुनः मतगणनाका लागि दुईवटा निवेदन परेको प्रष्ट पारेको छ ।
पुनः मतगणनाका लागि जिल स्टेन समूह र डेमोक्रेटि पार्टीको राष्ट्रपति पदका लागि प्राइमरीमा प्रतिस्पर्धामा रहेका व्यापारी रक्की रक डेला फ्युन्टेले निवेदन दिएका हुन् । विसकन्सिन निर्वाचन आयोगका प्रशासक माइकल हासले आयोगले राज्यव्यापी रुपमा पुनः मतगणनाको तयारी रहेको जानकारी दिएका छन् ।
निर्वाचनको पुनः मतगणनाका लागि आवश्यक रकम स्टेनको प्रचार अभियान टोलीले तिरेपछि यसै साताभित्र सुरु हुन सक्ने जनाएका छन् । स्टेनको अभियानले तीन वटा राज्यमा पुनः मतगणनाका लागि लाखौं डलर तिर्नुपर्ने अवस्था छ । अभियानले विसकन्सिन र पेन्सिलभेनियामा पुनः मतगणना सुरु गर्नका लागि पर्याप्त रकम जम्मा भइसकेको दाबी गरेको आजको राजधानी दैनिकमा खबर छ ।
विसकन्सिनमा १० इलेक्टोरल भोट रहेको छ भने मिशिगनमा १६ र पेन्सिलभेनियामा २० इलेक्टोरल भोट रहेको छ । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले २९० इलेक्टोरल भोट जितेका छन् भने डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले २३२ इलेक्टोरल भोट मात्रै जितेकी थिइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी