×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश नम्बर ५ लाई विभाजन गर्न खोजे रगतको खोलो बग्छ : विष्णु पौडेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रदेश नम्बर ५ लाई विभाजन गर्न खोजे रगतको खोलो बग्छ : विष्णु पौडेल

Artha Sarokar

२३ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मंगलबार बुटवलमा बसेको प्रदेशको बैठकमा बोल्दै पौडेलले प्रदेश नम्बर ५ का नेता, थारु तथा जनजातिले सीमांकन हेरफेर नचाहेको भन्दै जबर्जस्ती गर्न खोजिए रगतको खोलो बगाउन एमाले तयार रहेको बताएका छन् ।
एमालेका प्रदेश नम्बर ५ इन्चार्ज रहेका पौडेलले सरकारले सीमांकन हेरफेर गर्ने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने तयारी गरिरहेको भन्दै प्रदेश नम्बर ५ विभाजन गर्न खोजेमा स्थिति भयाबह हुने चेतावनी दिएका हुन् ।
 प्रदेशको बैंठकले प्रदेश ५ बाट कुनै पनि जिल्लालाई तलमाथि गरिए आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रमुख एवं पार्टी उपमहासचिव बिष्णु पौडेलले पेश गरेको विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । यस्तै,प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु झिकिएमा थारु र जनजातिले विद्रोह गर्ने एमाले केन्द्रीय सदस्य मेटमणी चौधरीले जानकारी गराएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी