
- अर्थ सरोकार सम्बाददाता
दमक – नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अब हुने तीनवटै तहको निर्वाचनमा नेकपा एमाले एक नम्बर पार्टी बन्ने दावी गरेका छन्। झापाको दमकमा बिहीबार कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेम्वाङले अब गरिने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका हुन्।
‘एमालेको कामलाई जनताले हेरिसकेका छन् त्यसैले अबको तीन तहकै निर्वाचनमा पहिलो पार्टी बन्छ’ उनले भने। नेता नेम्वाङले निर्वाचनका लागि ढिलाई गर्न नहुने भन्दै कुनै पार्टी हार्छ भन्दैमा निर्वाचन रोक्नु नहुने बताए।
उनले भने एमालेले हारे पनि केही छैन, देशले हार्न हुन्न, तोकिएको समयमा निर्वाचन भएन भने देश अप्ठ्यारो मोड तर्फ धकेलिन्छ त्यसैले निर्वाचन गर्न जरुरी छ । अर्को प्रसंगमा नेता नेम्वाङले संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव जसरी पनि पास हुने दावी गरे ।
कांग्रेस, माओवादी, राप्रपा नेपाल लगायतका दलहरुसंग सल्लाह गरेर नै माओवादीले प्रस्ताव गरेको र एमालेले समर्थन गरेको भएपनि अहिले कांग्रेसले खुट्टा कमाएको उनले बताए। संविधानसभाका अध्यक्ष समेत रहिसकेका नेम्वाङले अहिलेको सरकार संविधान कार्यान्वयनमा गम्भीर हुन नसकेको आरोप लगाए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्