
- सेयर बाजार साप्ताहिकबाट
चौधरी समूहको मुख्य लगानी रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रवद्र्धक सेयरलाई साधारण भनेर बेचिएको तीन वर्ष पुगिसकेको छ । तर, ब्रोकर कम्पनीमार्फत् युनाइटेडको साधारण सेयर किनेका लगानीकर्ताले अहिलेसम्म वास्तविक सेयर पाएका छैनन् । युनाइटेडका प्रमोटरहरूले आफ्नो प्रमोटर सेयरलाई टुक्रा बनाएर सानो सानो सर्टिफिकेट बनाई झुक्याएर साधारण सेयरको रुपमा बेचेका थिए ।
प्रमोटर सेयरलाई साधारण सेयर भनेर बेचिए पनि यो कुराको सुईंको कसैले पाएनन् । ब्रोकरमार्फत् बिक्री भएको सेयर बिटी (ब्ल्यांक ट्रान्सफर) मा लामो समय रहदै बजारमै घुमिरहेको थियो । यसबीच सयौं लगानीकर्ताले त्यो सेयर किन्दै र बेच्दै गरिरहेकोमा अहिले डिम्याट अनिवार्यको नियम आएपछि भने सेयर प्रमोटर अर्थात् संस्थापक समूहको रहेको खुलाशा भएको थियो । सो सेयर किनेका लगानीकर्ताहरूले डिम्याटका लागि आवेदन दिएपछि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले संस्थापक समूहको सेयर रहेका कारण डिम्याट गर्न नसकिने भन्दै फर्काएको थियो ।
त्यसपछि ब्रोकर कम्पनीहरूबाट यस्ता सेयरको तथ्यांक संकलन गर्दा हाल निवेदन दिन आएको सेयरको संख्या करिब २० हजार हाराहारी रहेको छ । नेप्से स्रोतका अनुसार युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता रहेका रविभक्त श्रेष्ठ र शशीकान्त अग्रवालले ती प्रमोटर सेयर साधारण सेयर बनाएर बिक्री गरेको खुलाशा भैसकेको छ । बजारका ठूला लगानीकर्ताका रुपमा चिनिने उनीहरूले अझै पनि आफ्नो गल्ती स्वीकारेर अर्को सेयर किनेर दिन तयार भएका छैनन् ।
श्रेष्ठ सो कम्पनीका पूर्वअध्यक्ष पनि हुन् । यो विवाद उठेको पनि लामो समय भैसकेको छ । तर, सयौं लगानीकर्ताहरू आफुले दोस्रो बजारबाट किनेको सेयर प्रमोटर परेपछि बिक्री गर्नसमेत पाएका छैनन् । तर, नेप्से र धितोपत्र बोर्डले भने अझै पनि यस विषयमा कम्पनी, सेयर रजिष्टार र सम्बन्धित सेयर बिक्रेतालाई कुनै कारबाही गरेका छैनन् । ब्रोकर कम्पनीमा साधारण सेयर किन्नका लागि अर्डर गरेका लगानीकर्तालाई ब्रोकरहरूले प्रमोटर सेयर किनिदिएको भन्दै लगानीकर्ताहरू ब्रोकरस“ग रुष्ट छन् । यस्तै, समस्या झेलिरहेका ४५ नम्बरब्रोकर इम्पेरियल सेक्यूरिटिजका सञ्चालक सिताराम अधिकारी भन्छन्, ‘साधारण सेयर भनेर नै किनिएको हो, प्रमाण–पत्रमा कुन सेयर भनेर खुलाइएको छैन । सोहीअनुसार कारोवार भैरहेको थियो, अहिले डिम्याट गर्न पठाउ“दामात्र समस्या आयो ।’
ब्रोकर अधिकारीका अनुसार लगानीकर्ताहरूले आफुलाई साधारण सेयर नै चाहिने र तत्काल बिक्री गर्न पाउनुपर्ने भन्दै कराइरहे पनि ब्रोकरहरूले केही गर्न सकेका छ्रैनन् । उनीहरू नेप्से र सेयर रजिष्ट्रार ग्लोवल आईएमई क्यापिटलमा आग्रह गरे पनि कुनै सुनुवाई भएको छैन । केहीअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘यथाशीघ्र’ समस्या समाधान गर्न निर्देशन दिएको थियो । तर, पनि बर्षौं पुरानो समस्याबारे कम्पनीले चासो दिएको छैन । युनाइटेड इन्स्योरेन्सका
उनीहरू ठूला व्यापारी भएकाले नेप्से पनि डराएर चूप छ । जबकी यसअघि निर्मल प्रधानको परिवारकै नाममा सेयर कारोवार रोक्का गर्ने नेप्सेले अहिले भने अग्रवाल र श्रेष्ठको पनि कारोवार रोक्का गरिदिएमा तुरुन्त समाधान हुने अवस्था छ । श्रेष्ठ र अग्रवालले कुन मितिमा संस्थापक सेयरको बिक्री गरे भन्ने औपचारिक तथ्यांक अझै छैन । ग्लोबल आईएमई क्यापिटलका सीईओ ढकालका अनसार २०७० सालमा सेबोनको निर्देशन आएपछि हेर्दा त्यस्तो देखिएको छ । उनी भन्छन्, ‘हामीले त कम्पनीको रेकर्ड हेरेपछि प्रमोटर सेयर रहेको देखिएकाले डिम्याट नगरी फिर्ता गरेका हौं । त्यसपछि कम्पनीले कागजात मागेको थियो, हामीले भएसम्मको रेकर्ड पठाइदिए पनि अझै समाधान भएन ।’
यसअघि पनि यस्तै १० वर्षअघि तत्कालिन काठमाडौं फाइनान्सको संस्थापक सेयर पनि साधारणको रुपमा बेचिएको पाइएको थियो । त्यसपछि राष्ट्र बैंकले हरेक प्रमाणपत्रमा संस्थापक वा सर्वसाधारण भनेर समूह छुट्याएर बितरण गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । त्यसपछि केही वर्षअघि बैंक अफ काठमाण्डूका केही प्रबद्र्धकहरूले संस्थापक सेयरलाई साधारण बनाएर बिक्री गरेका थिए । पछि साधारणसभामा भोट हाल्न जा“दा सोको खुलाशा भएपछि ठूलै विवाद भयो ।
यसअघि कम्पनीले नेप्सेसँग भएको छलफलमो संस्थापक यरको १९ प्रतिशत साधारण सेयरमा रूपान्तरण गर्ने र सोही सेयरमध्ये ती बिक्री गरेका संस्थापकहरूको हिस्साबाट कटाएर सेयर साटिदिने प्रतिबद्धता जनाएको थियो ।‘युनाइटेड इन्स्योरेन्स कम्पनी सञ्चालक समितिका अध्यक्षबाट ६० दिनभित्र संस्थापक सेयरलाई सर्वसाधारणसरह बिक्री हुँदा उत्पन्न समस्याको उचित समाधान निकाल्ने प्रतिबद्धता आएकोमा सोसमेत पूरा नभएको’ नेप्सेले जनाएको छ । सा प्रतिबद्धताको समय बितेको पानी लामो भइसकेको छ तारा कम्पनीले कुनै चासो। सीईओ बराल अहिले तथ्याङ्क संकलन काम भैरहेको रा त्यसपछि बोर्डले समाधानका लागि पहल गर्ने बताऊँछान। तारा उनले पानी कहिलेसम्म यो समस्या समाधान हुन्छ केहि बटौना सकेनन ।
यसअघिपनि नेप्सेले धितोमा राखिएको र अदालतले रोक्का गरेको एनबी बैंकको सेयर विक्री लगानी कर्ता निर्मल प्रधानलाइ प्रधानको परिवार सदश्यका नाममा रोक्का गरेपछि उनले केहि समयपछि नयाँ सेयर किनेर क्षतिपूर्ति तिरेका थिए । उनले त्यसबेला लाभांश समेत नपाउने गाड़ी शेयर किनेर सट्टा सेयर दिएका थिए । यसैले यस कण्डमा पनि नेप्सेले तत्काल कारवाही गरी सोध भर्ना गराउनु पर्ने लगानीकर्ताको माग छ । संस्थापक सेयरलाई साधारण सेयर भनेर बेचने करते काम हो । अपराध मानिने यस्ता कार्य गर्ने व्यक्तिलाई तत्काल प्रहरीमा उजुरी गाड़ी कारवाही गराउनु पर्ने लगानीकर्ताको माग छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्