
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग अनुसार संविधान संशोधन नगरेमा अहिलेको सरकार विघटन हुने दावी गरेका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संविधान संशोधन गर्ने शर्तमा बनेको दावी गर्दै त्यही काम नगरेमा सरकार ढल्ने बताएका हुन्।
सरकारले सुरुवात देखिनै अहिले गर्ने, भरे गर्ने भन्दै आलटाल गरिरहेको बताउँदै यादवले भने, ‘गर्न सक्ने हो भने गरौं, नगर्ने हो भने नगरौं, सकेनौं भनौ, किन कुर्सीमा बसिरहने उनले बल सरकारको कोर्टमा रहेको कारण सरकारले नै संविधान संशोधनको पहल गर्नुपर्नेमा जोड दिँदै सरकार गठनपूर्व भएको ३ बुँदे सहमतिको कार्यान्वयन अझै नभएको प्रति गुनासो गरे ।
अझै हाम्रा कार्यकर्ताको मुद्दा खारेज भएको छैन, घाइते तथा अपाङ्गता भएका वा मृतक परिवारले राहत पाएका छैनन्,’ यादवले भने, ‘एउटा मन्त्रिपरिषदको निर्णयले हुने काम पनि आलटाल भइरहेको छ। मधेसका मुद्दा सम्बोधन नभए संविधान कार्यान्वयन नहुने भन्दै उनले संशोधनमार्फत मधेसका मुद्दा सम्बोधन नभए आन्दोलनको बलमा अहिलेको संविधान खारेज पनि हुनसक्ने दाबी गरे।
अहिलेको संविधान संघीयताको नाममा एकात्मकताको प्रयोग गर्ने खालको भएको भन्दै यादवले नेपालमा संघीयताको मर्म अनुसार अघि बढ्न दलहरु तयार नभएको आरोप लगाए। सरकारले स्थानीय तह पुनर्संरचनाबारे गरिरहेको कसरत गलत भएको भन्दै यादवले संविधानमा संघीयतालाई सुदृढ नगरी स्थानीय तहको पुनर्संरचना गर्नुको अर्थ नहुने बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्