सरकारी कर्मचारीहरु सरकारले दिएको तलव भक्तामा काम गर्न रुचाउँदैनन् उनीहरुलाई दैनिक हजारदेखि दुई हजारसम्म आम्दानी भएन भने निद्रासम्म पर्दैन ।
अझ यातायात व्यवस्था कार्यालयलाई त कर्मचारीहरु दोस्रो भन्सार कार्यालयका रुपमा लिन्छन् र यातायात कार्यालयहरुमा सेवाग्राहीहरु खुलेआम घुस दिन वाध्य हुन्छन् र यदि कसैले घुस दिन इन्कार ग¥यो भने उसको काम धेरै दिनसम्म हुँदैन र फाइल एउटा व्यक्तिबाट अर्को व्यक्तिमा पुग्छ ।

अधिकृतले तयार पारेको दलालीको लिस्ट

नागरिकको व्यापक गुनासो बढेपछि हामी आफैले गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय बाग्मतीको मोटरसाइकल शाखाको अनुगमन गरेका थियौ ।
मोटरसाइकलको नयाँ दर्ता, नामसारी, करचुक्ता, नवीकरण, अञ्चलीकरण लगायतका काम हुने यस कार्यालयलाई हामीले एक साता अनुगमन ग¥यौं । अनुगमनको क्रममा खुलेआम घुस लिएको दृश्य हाम्रो क्यामेराले कैद गरेको छ । घुसको पनि दर रहेछ जस्तो कि लाइन नबसी राजश्व तिरे ५० रुपैयाँ, फाइल खोज्न दुई सय रुपैयाँ, तेस्रोपक्ष विमा बिनै नगरि मोटरसाइकलको नामसारी गरेका पाँच सय, तेस्रोपक्ष बिमा बिनै नवीकरण गरेमा पाँच सय, दलालले प्रक्रिया पूरा गर्दा राजश्वबाहेक पाँच सय लिने रहेछन् ।
दलाल मार्फत रकम दिन वाध्य परिन्छ र उनीहरु साँझ परेपछि हिसाव किताव गरेर आ आफ्नो भाग लिन्छन् । यस्तो अवस्था जति नै सुधारको कुरा गरे पनि नागरिकले कसरी सेवा पाउँन सक्छन् । यो एक गभ्भीर सवाल हो देशका लागि । त्यसैले यस्ता घुसखोर कर्मचारीहरुलाई कारवाही होस् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्