Skip to content
LAXMI SUNRISE BANK

काभ्रेको ढुङ्खर्क गाउँबाट केही सिक्ने पो हो कि: एमाले सचिव योगेश भट्टराई

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – राजधानीसँग जोडीएको जिल्ला काभ्रेको दक्षिणि गाउँ ढुङ्खर्क । बनेपा, पनौती, खोपासी हुँदै ढुङ्खर्क पुगिन्छ । तर खोपसीदेखिको बाटो अप्ठयारो छ । ढुङ्खर्क हुँदै प्रत्येक दिन १५ हजार लिटर दुध काठमान्डौ जान्छ, दैनिक १० गाडी तरकारी जान्छ, ५०० केजी खुवा जान्छ, वार्षिक २ करोडको आलु जान्छ । तिहारमा लगाउने र मन्दिरमा चडाउने फूल त कती हो कती । बारीका कान्ला भरी फूलै फूलै छ । यो गाउँका मानिसहरु परिश्रमि र ब्यबसायी छन । नेपालका अरु गाउँले पनि ढुङ्खर्कबाट सिक्ने हो कि 
यी पंक्तिहरु नेकपा एमालेका सचिव योगेश भट्टराईको फेसबुक स्टाटसबाट साभार गरिएको हो ।नेपाल बाल सदन काठमान्डौको सहयोगमा  गाउँमा रहेको पार्वती उच्च मबिमा ११ र१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि ड्रेस बितरणको सिलसिलामा ढुङ्खर्क पुुगेका यूवा नेता भट्टराईले त्यस गाउँबाट प्रभावित भएर आफ्नो फेसबुुकमा उक्त पंक्तिहरु लेखेका छन् ।
भट्टराईले बिद्यालयका प्रधानाध्यापक गोबिन्द शर्माले  बिद्यालयको भौतिक र शैक्षिक बिकासमा धेरै महत्वपूर्ण भूमिका खेलेको कुरा समेत आफ्नो फेसबुक वालमा लेखेका छन् ।वास्तवमा  यूवा नेता भट्टराईले भने झै हरेक गाउँले ढुङ्खर्क गाउँबाट सिक्नुु पर्ने देखिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK