×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रचण्डजी देउवा रोज्ने कि’: एमाले नेता योगेश भट्टराई

LAXMI SUNRISE BANK

‘प्रचण्डजी देउवा रोज्ने कि’: एमाले नेता योगेश भट्टराई

६ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधनमा अल्झिने पक्षमा आफू नरहेको बताएका छन् ।
युवा संघ, नेपाल प्रचार विभागले आयोजना गरेको अन्तक्र्रिया तथा जानकारी पुस्तिका सार्वजनिकीकरण कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल संशोधनमा नाममा भएको षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे । ‘प्रतिगामीहरुले संविधान असफल बनाउने षड्यन्त्र गरिरहेका छन्,’ उनले भने, ‘प्रचण्डजी देउवा र मधेसी मोर्चाजस्ता पश्चगामीलाई रोज्नुहुन्छ कि एमालेजस्तो अग्रगामीलाई, निर्णय गर्ने बेला आएको छ ।’
भट्टराईले माओवादीको का“धमा बन्दूक राखेर प्राप्त उपलब्धी नष्ट पार्ने योजना विभिन्न शक्तिकेन्द्रहरुले बताएको बताए ।
संविधान संशोधनका नाममा मुलुकलाई दीर्घकालीन असर पार्ने विषयहरु समावेश गर्न खोजिएको भन्दै उनले त्यसको साक्षी एमाले नबन्ने स्पष्ट अडान लिए । ‘एमालेका एकजना पनि सांसद संसदमा भएसम्म पनि हस्ताक्षर गर्दैनौं,’ उनले भने ।
भट्टराईले संसदीय प्रणालीका नाममा नेपालमा विकृतिहरु आएको बताउ“दै शासकीय र निर्वाचन प्रणालीका त्रुटिहरु सच्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वउद्योग मन्त्री महेश बस्नेतले अहिलेको सरकारले चीनविरोधी क्रियाकलाप खुलमखुल्ला गरेको भन्दै आलोचना गरे । ‘शेरबहादुरजीले दलाई लामाका प्रतिनिधिलाई भेटेर छिमेकीलाई चिढ्याउने काम गरेका छन्,’ उनले भने ।
युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयनका लागि युवा संघले सशक्त खबरदारी कार्यक्रम गर्ने जानकारी दिए ।
युवा संघ नेपालका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले मुलुकलाई हानि विषयमा संविधान संशोधन गर्ने तयारीप्रति सचेत रहन युवाहरुलाई अपिल गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी