×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको एक इलाका एक नयाँ युवा व्यवसाय कार्यक्रम सुरु हुदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सरकारको एक इलाका एक नयाँ युवा व्यवसाय कार्यक्रम सुरु हुदै

Artha Sarokar

१९ कार्तिक २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – सरकारले एक इलाका एक नयाँ युवा व्यवसाय कार्यक्रम सुरु गर्ने भएको छ । अहिले प्रस्तावित ९ सय २७ वटा इलाकामा एक एक वटा नमूना व्यवसाय कार्यक्रम सुरु गर्ने निर्णय युवा स्वरोजगार कोषले गरेको छ ।  एक इलाका एक नयाँ युवा व्यवसायका लागि ९ अर्बभन्दा धेरै रकम बजेट विनियोजन हुने अर्थमन्त्रालयका प्रमूख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।

युवा व्यवसायका लागि प्रस्ताव आव्हान हुने र प्राप्त प्रस्तावमध्ये उत्कृष्टलाई छनौट गरेर पहिलो किस्तावापत ४० प्रतिशत रकम विनियोजन हुनेछ ।  एउटा व्यवसायका लागि विनियोजन हुने १ करोड रुपैयाँमा लाग्ने व्याजमा ६० प्रतिशत अनुदान दिने सरकारको योजना रहेको रेग्मीले बताए ।

 ९ सय २७ इलाकालाई आवश्यक पर्ने ९ अर्ब रुपैयाँ सरकारसँग रहेको र यसको व्याज ५ प्रतिशतभन्दा कम पर्ने अर्थमन्त्रालयका प्रमूख आर्थिक सल्लाहकार रेग्मीले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी