Skip to content
LAXMI SUNRISE BANK

अवैध रुपमा लगिदै गरेको ४० हजार किलो दाल प्रहरीद्वारा बरामद

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – सीमावर्ती भारतको खमिया गाउँबाट अवैधरुपमा तस्करी गरी नेपालतर्फ ल्याइँदै गरेको करोडौँ मूल्य बराबरको मासको दाल सोमबार बिहान पर्सा प्रहरीले समातेको छ।  भारत पश्चिमी चम्पारनको खमिया गाउँको बाटो भएर छवटा भारतीय नम्बरको ट्र्याक्टरमा अवैधरुपमा ल्याइरहेको करिब एक करोडभन्दा बढी मूल्यको साढे १३ सय बोरामा रहेको करिब ४० हजार किलो मासको दाल पर्सा प्रहरीले सोमबार बिहान ४ बजे समातेको हो। 
 पर्साका प्रहरी उपरीक्षक गोविन्द साहको नेतृत्वमा गएको टोलीले जिल्लाको जानकी नगर(९ बाट सो दाल पक्राउ गरेको हो। सो दाल कस्को हो खुल्न सकेको छैन।  समातिएको सो दाल छानबिन गरी भन्सार कार्यालयमा बुझाउन जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK