एजेन्सी – जापानको उत्तरी शहर इतोगावामा एउटा रेष्टुरेन्टबाट सुरु भएको आगलागीले करिव १४० भवनहरु जलाएको छ ।
जापानको निगाता जिल्लाको इतोइगावा उपनगरको स्थानीय एक रेस्टुराँबाट बिहीबार बिहान सल्केको आगो कडा आँधी बेहरीको चपेटामा परेपछि उग्ररुप लिएर बिशाल लप्कामा परिणत भै मध्य दिउँसोसम्म इतोइगावाका कम्तीमा १४० वटा आवासीय र अन्य ठूला भवन जल्न पुगेका छन् ।
जापानीज टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा देखाइएका दृष्यमा आगलागीपछि सुन्तला रङका विशाल ज्वाला घरका चरचरबाट निस्केको देखाइएको छ ।
स्थानीय जापानी सञ्चारमाध्यमका अनुसार ठूलो परिमाणमा भौतिक सम्पत्ति जलेर नष्ट भए ता पनि दुईजनालाई सामान्य चोट पटक लागेको बाहेक अन्य मानवीय क्षति भएको छैन ।