Skip to content
LAXMI SUNRISE BANK

पाँच नम्बर प्रदेशमा तीन दिने हडतालआह्वान

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – पाँच नम्बर प्रदेशका ‘पहाड र तराई अलग गर्ने’सहितको संविधान संसोधन विधेयकको विरोधमा आह्वान गरिएको हडतालका कारण रुपन्देहीसहित पश्चिम नेपालको जनजीवन प्रभावित बनेको छ।  संयुक्त संघर्ष समितिले सरकारले लगातार आन्दोलन गर्दा पनि सुनुवाई नगरेको भन्दै पाँच नम्बर प्रदेशमा शुक्रबारदेखि ३ दिने हडताल आह्वान गरेको हो। 
हडतालका कारण पश्चिम नेपालमा गाडी चलेका छैनन् भने शिक्षण संस्था र बजार पनि बन्द छन्।  संघर्ष समितिमा आवद्ध राजनीतिक दलहरुका कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन्। संघर्ष समितिले ७२ घण्टे हडतालको समयमा शैक्षिक संस्था, बैंक, उद्योग, यातायातलगायत सबै क्षेत्रलाई बन्द गर्न आह्वान गरेको छ।
 यसपटक रातिको समयमा पनि यातायात सञ्चालन नगर्न समितिले आग्रह गरेको छ।  १७ दिनदेखि प्रदेश नम्बर पाँचका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम तथा तराईका जिल्ला रुपन्देही, कपिलवस्तु जिल्ला रहेको ‘पाँच नम्बर प्रदेश टुक्राउने’ प्रस्तावको विरोधमा आन्दोलन भइरहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK