
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – अपाङ्गता भएका व्यक्तिको २५ औं अन्तर्राष्ट्रिय दिवस आज ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौं हामीले चाहेको भविष्य’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ। अपाङ्गता भएका व्यक्तिका अधिकारका पक्षमा आवाज उठाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा दिवस मनाउने गरिएको छ।
दिवसका अवसरमा भृकुटीमण्डपमा स्वास्थ्य मन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा १० बजे मूल समारोह हुने राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेतले जानकारी दिए। नेपालमा झण्डै ८ लाख अपाङ्गता भएका व्यक्ति छन्। भौतिक संरचनागत, संस्थागत र दृष्टिकोणजन्य अवरोधका कारण अपाङ्गता भएका व्यक्तिले समान आधारमा सार्वजनिक सेवा, सुविधा, अवसर र सूचना तथा सञ्चार जस्ता सेवाको उपयोग गर्न नपाएको महासचिव बस्नेतले बताए।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी २००६ र अपाङ्गता सम्बन्धी १० वर्षे राष्ट्रिय नीति तथा कार्ययोजना लगायत विभिन्न नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वन हुन सकेको छैन। दिवसका अवसरमा सन्देश दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक समावेशीकरणका माध्यमबाट अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण गर्दै उनीहरूलाई परिवार एवम् समुदायमा नै पुनःस्थापित गरी आधारभूत मानवअधिकारको उपभोग गर्न सक्षम तुल्याउनु सबैको साझा कर्तव्य भएको उल्लेख गरेकी छन्।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता सम्बन्धी विषयलाई समावेश र दिगो विकासको मूल रणनीतिको रुपमा मूल प्रवाहीकरण गर्न सरकार प्रयत्नरत रहेको उल्लेख गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्