×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दकर्ताले बुटबलमा गरे बिरामी बोकेको एम्बुलेन्स तोडफोड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बन्दकर्ताले बुटबलमा गरे बिरामी बोकेको एम्बुलेन्स तोडफोड

३ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – बुटवलमा बन्दकर्ताले बिरामी बोकेको एम्बुलेन्स तोडफोड गरेका छन्। काठमाडौंबाट भैरहवा विमानस्थलमा ल्याइएको बिरामी बोकेको लु १ च २१३१ नम्बरको एम्बुलेन्स बुटवल राजमार्ग चौराहामा तोडफोड गरेका हुन् ।  चौराहामा रहेको प्रहरी विट नजिकै एम्बुलेन्स रोकेर तोडफोड गर्दा पनि प्रहरी मुकदर्शक बनेको थियो ।
  बुटवल दीपनगरका बिरामीलाई घर पु¥याउँदै गरेको अवस्थामा तोडफोड भएको चालक ज्ञानबहादुर भट्टचनले बताए ।  काठमाडौंमा मुटुको शल्यक्रिया गरेर ल्याइएका बिरामी शनिचरी श्रेष्ठलाई गाडीको सिसाले काटेको चालक भट्टचनले बताए ।  आज बिहान बन्दकर्ताले देवदह मेडिकल कलेज देवदहमा कार्यरत चिकित्सकहरु चढेको लु १ च ३४४९ नम्बरको एम्बुलेन्सको हावा फुस्काइदिएका थिए । 
 प्रदेश नम्बर पाँचका पहाड र तराईका जिल्ला अलग गर्ने सरकारी प्रस्तावको विरोधमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाललगायतका दलहरु सहभागी संयुक्त संघर्ष समितिको आह्वानमा हिजो देखि प्रदेश नम्बर पाँचका १२ जिल्ला बन्द छन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: