
एजेन्सी – घानाको राजधानी आक्रामा रहेको एक भवनमा अमेरिकी झण्डा फहराएको थियो। राष्ट्रपति बाराक ओबामाको ठूलो तस्विर झुण्डिएको थियो। र, घाना र उसका छिमिकी देशबाट अमेरिका जान चाहनेहरुका लागि भिसा दिने सुविधा पनि थियो।
हप्ताको तीन दिन खुल्ने उक्त दूतावासमा एउटा मात्र त्रूटि थियो। विगत १० वर्षदेखि संचालनमा रहेको उक्त दूतावास नै नक्कली रहेको अमेरिकी सञ्चार माध्यम केवल न्युज नेटवर्क ९सीएनएन०ले बताएको छ।
उक्त दूतावासको सञ्चालनमा घाना र टर्कीको अपराधिक गिरोहको हात रहेको अमेरिकाको स्टेट डिपार्टमेन्टले जनाएको छ।
उक्त नक्कली दूतावासले नक्कली मात्र होइन, विभिन्न अवैध च्यानलको प्रयोग गरी वैध भिसा पनि दिने गरेको थियो।
सुरक्षाकर्मीले उक्त भवनमा छापा मार्दा विभिन्न १० देशका पासपोर्टहरू फेला परेका थिए। त्यहाँबाट जारी भएको भिसाबाट कति मानिस अमेरिका पुगे भन्ने बारे अझै यकिन हुन् सकेको छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्