
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – दाङमा बन्दकर्तामाथि आक्रमण भएको छ । संशोधन प्रस्तावको बिरोधमा अनुरास्ववियु र युवासंघले आह्वान गरेको बन्द सफल पार्न हिडेका नेकपा एमालेका कार्यकर्तामाथि आक्रमण भएको अनेरास्ववियु दाङका अध्यक्ष बिरबल खड्काले जानकारी दिए ।
उनका अनुसार तुलसीपुरमा बन्दको अवज्ञा गर्दै हिँडेको नेविसंघको समूहले बन्दकर्तामाथि आक्रमण गरेको हो । बन्दकर्तामाथि पारश हमालको टोलीले आक्रमण गरेको अध्यक्ष खड्काले जानकारी दिए । आक्रमणबाट घाइते भएकाहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
यसैबीच शान्तिपूर्ण बन्द बिरोधी गतिविधि नगर्न बन्दकर्ताहरुले आग्रह गरेका छन् । युवासंघका केन्द्रीय सचिवालय सदस्य मनाृहर बुढाथोकी, जिल्ला अध्यक्ष मौसम आचार्य र अनेरास्ववियुका अध्यक्ष बिरवल खड्काले बन्द बिरोधी गतिविधि दोहोरिएमा त्यसको कडा प्रतिवाद गर्ने जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्