
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – मंगलबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारी सभा नवलपरासिले पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो ।
थारु कल्याणकारीसभा नवलपरासीका सभापति गणेशमान महतोले ११ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गर्दै भने, ‘वर्तमान संविधानमा उल्लेख गरिएको प्रादेशिक सीमाङ्कनले थारु बाहुल्य नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखेर आम थारु समुदायहरुको आत्मा सम्मान, स्वाभिमान, भाषा, संस्कृति र पहिचानलाई समाप्ता पार्ने गरी जातीय ल्कस्टरलाई खण्डित गरेको हामी कुनै पनि हालतमा मान्दैनौं यसले सम्पूर्ण थारुहरुलाई अन्याय गरेको छ ।’
सभापति थारुले अहिलेको सिमाङ्नलाई संशोधन गरी नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा समावेश गर्नेगरी संविधान संशोधन गर्न माग गरे । उनले भने,‘अरु बाँकी ७४ जिल्ला चाँही टुक्र्याउनु नपर्ने तर थारु जातिहरुको ऐतिहासिक थातथलो रहेको नवलपरासीलाई मात्र टुक्र्याएर तराईका आदीवासी भूमिपुत्र थारुमाथि गम्भीर षडयन्त्र भएको छ, यसलाई तत्काल सच्याउनु पर्छ ।’
थारु कल्याणकारी सभाले सार्वजनिक गरेको आन्दोलन कार्यक्रमहरुमा मंसीर २२ गतेसम्म विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने, २३ देखि २६ सम्म गाउँ जागरण अभियान सञ्चालन गर्ने, २७ र २८ मा विभिन्न बुद्धिजीवी र नवलपुर क्षेत्रका सांसदहरुसँग अन्तक्र्रिया गर्ने, २९ र ३० गते सरकारी कार्यालय घेराउ गर्ने, पौष १ गते नवलपुर क्षेत्रभरी मसाल जुलुस गर्ने, २ गते पूर्व पश्चिम राजमार्गमा १ घण्टा चक्का जाम र कोणसभा गर्ने, ३ गते २ घण्टा स्थानीय निकाय घेराउ गर्ने,४ गते १ दिन नवलपुर बन्द गर्नेलगायतका रहेका छन् ।
पत्रकार सम्मेलनमा थारुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारु, थारु कल्याणकारी सभाका केन्द्रीय पार्सद ब्रिजमोहन चौधारी, थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ओमनारायण महतो, थारु कल्याणकारी सभा नवलपरासीका सल्लाहकार पतिराम महतो, थारु विद्यार्थी समाज नवलपरासीका अध्यक्ष राजकुमार थनैत, नयाँ शक्ति नेपाल पार्टीका पिताम्बर महतो, थारु महिला सभाका रेखा पञ्जियार, थारुकल्याणकारी सभाका खेमनारायण महतोलागयतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्