×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकता दिवसका अवसरमा पनि बिदा दिइनु पर्छ : मन्त्री केसी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एकता दिवसका अवसरमा पनि बिदा दिइनु पर्छ : मन्त्री केसी

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिएझैँ पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आज निरीक्षणपछि पत्रकार सम्मेलनमा उनले आफ्नो यसमा निरन्तर जोड रहने बताए । 
ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प नाबह्येको प्रष्ट पारे ।
संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उनले भने , “फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विक्षीय छ ।” संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उनले बताए ।
सो अवसरमा युनियनको भवन निर्माणका लागि उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेलले रु २५ हजार प्रदान गरेका थिए  । भवन गत वर्षे आजकै दिन शिलान्यास गरिएकामा निर्माण सम्पन्न हुने क्रममा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: